ट्रकले ठक्कर दिँदा घाइते भएका क्रिकेटर भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइने « Khabarhub

ट्रकले ठक्कर दिँदा घाइते भएका क्रिकेटर भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइने


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित भण्डारीलाई थपउपचारका लागि काठमाडौं ल्याइने भएको छ । क्रिकेटर भण्डारीलाई सोमबार दिउँसो नै नेपालगञ्ज मेडिकल कलेज बाट काठमाडौं ल्याउन लागिएको हो ।

दुर्घटनामा परेर हात र खुट्टामा गम्भीर चोट देखिएपछि उपचारका लागि परिवारले काठमाडौं ल्याउन लागेको हो ।

आइतबार बेलुका कञ्चनपुरको झलारीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा क्रिकेटर भण्डारी र उनीसँगै रहेका करन ठगुन्नालाई चोट लागेको थियो ।

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको हो ।

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो । त्यहाँबाट सोमबार बिहान नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो। त्यहाँ सिटी स्क्यान गर्दा नर्मल देखिएपछि उतै उपचार गर्ने भनिएको थियो ।

तर, छिटो रिकभरीका लागि उनलाई नेपालगन्ज भन्दा काठमाडौंमा सजिलो हुने भएपछि काठमाडौं ल्याउने निर्णय गरिएको परिवारिक स्रोतले जानकारी दिएको छ। उनलाई एयर एम्बुलेन्सबाट टोखास्थित ग्रान्डी अस्पतालमा उपचार गरिने बताएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै