नेपालमा हालसम्म ३९,५७६ ले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ? (सूचीसहित) « Khabarhub

नेपालमा हालसम्म ३९,५७६ ले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ? (सूचीसहित)


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ७९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३९ हजार ५७६ रहेका छन् ।

कुल संक्रमित मध्ये ७१.५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताए ।

कुन प्रदेशमा कति जना संक्रमणमुक्त ?

प्रदेश १ मा ३८८५ जना

प्रदेश २ मा ११०५६ जना

वाग्मती प्रदेश ७८१९ जना

गण्डकी प्रदेशमा २२७० जना

प्रदेश ५ मा ६५०० जना

कर्णाली प्रदेशमा २५२५ जना

सुदूरपश्चिम प्रदेशमा ५९२१ जना

हेर्नुस् स्वास्थ्य मन्त्रालयको तथ्यांक

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५२ हजार ३२९ पुगेको छ ।

नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेकाे छ ।

पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३९ हजार ५७६ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ ४५ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ७ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएको छ । यसैगरी ७ जिल्ला संक्रमणमुक्त भएका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्लामा काठमाडौं, भक्तपुर, चितवन, मोरङ, सर्लाही, रुपन्देही र
सुनसरी रहेका छन् ।

यसैगरी नेपालमा कोरोना संक्रमित शुन्य रहेका ७ वटा जिल्लाहरु रहेका छन् । जसमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र  म्याग्दी रहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : १८ बजे

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौं– प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर

अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, होर्मुज बन्द गर्ने चेतावनी

तेहरान- मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी