रासायनिक मल नल्याउने दुई कम्पनीलाई कालाेसूचीमा राख्न सिफारिस « Khabarhub

रासायनिक मल नल्याउने दुई कम्पनीलाई कालाेसूचीमा राख्न सिफारिस


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि सामग्री कम्पनी लिमिटेडले सम्झौताअनुसार रासायनिक मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

लिमिटेडले सोमबार विज्ञप्ति जारी गर्दै शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सार्वजनिक खरिद ऐनबमोजिम कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गर्दै आवश्यक सबै कागजात पठाएको पनि जानकारी दिएको छ ।

५० हजार मेट्रिक टन मल ल्याउने सम्झौता गरे पनि यी दुई कम्पनीले मल नल्याएको भन्दै कारबाहीका लागि कृषि सामाग्री कम्पनी लिमिटेडले सिफारिस गरेको हो । यसअघि सम्झौताअनुसार मल ल्याउन नसकेको भन्दै लिमिटेडले यी दुई कम्पनीसँगको सम्झौता खारेज गरेको थियो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ६ : २६ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड