सैनिक प्रवक्ता पौडेलको लेख सर्वोत्कृष्ट « Khabarhub

सैनिक प्रवक्ता पौडेलको लेख सर्वोत्कृष्ट


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले प्रकाशित गर्ने सैनिक जर्नलमा प्रवक्ता सन्तोष बल्लभ पौडेलले लेखेको लेख सर्वोत्कृष्ट भएको छ।

सिपाही वार्षिक र शिवपुरी जर्नलमा प्रकाशित लेखहरुमध्ये २०७६ मा सहायक रथी पौडेलको लेख सर्वोत्कृष्ट बनेको हो।

उनले नगद ५० हजार पुरस्कार र कदर पत्र प्राप्त गरेका छन्।

त्यस्तै दोस्रो प्रमुख सेनानी अनिलकुमार बुढाथोकी भएका छन्। तेस्रो प्रमुख सेनानी सुधिरप्रताप सिंह भएका छन्। उनीहरुले क्रमशः नगद ३५ हजार र २५ हजार पुरस्कार र कदर पत्र प्राप्त गरे।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जङ्गी अड्डामा आयोजित कार्यक्रममा उत्कृष्ट लेखकहरुलाई पुरस्कार प्रदान गरे। यस्तै ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही १० हजार र कदर पत्र प्रदान गरिएको छ।

लेख रचनाहरुको मुल्यांकन गर्ने सैनिक विज्ञ तथा सैनिकलाई समेत कदर पत्र प्रदान गरिएको छ।

नेपाली सेनाले रणनैतिक र सैनिक महत्वका विषयहरुमा लेख रचना लेख्न प्रेरित गर्दै प्रत्येक वर्ष प्रकाशन गरिने यी जर्नलहरुले अधिकृतहरुको वौद्धिक विकासका साथै नेपाली सेनाको संस्थागत विकासमा योगदान पुर्याउदै आएको नेपाली सेनाले जनाएको छ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : ०० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल