हालसम्म काठमाडौं उपत्यकामा मात्रै कोरोनाले ८४ को मृत्यु , ६ हजार बढी सक्रिय संक्रमित « Khabarhub

हालसम्म काठमाडौं उपत्यकामा मात्रै कोरोनाले ८४ को मृत्यु , ६ हजार बढी सक्रिय संक्रमित


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा मात्र ६ हजार ४४४ जना सक्रिय कोरोना संक्रमित रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म काठमाडौं उपत्यकका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ६ हजार ४४४ जना सक्रिय संक्रमित छन् ।

ती मध्ये सबैभन्दा धेरै काठमाडौंमा छन् । मन्त्रालयको तथ्यांकका अनुसार काठमाडौंमा मात्र ५ हजार ४४६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै भक्तपुरमा ५०१ जना र ललितपुरमा ४९७ जना सक्रिय संक्रमित छन् ।

तीनै जिल्लामा हालसम्म १२ हजार २५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये काठमाडौंका मात्र १० हजार २८ जना, भक्तपुरका १ हजार ३२ जना र ललितपुरका १ हजार १९० जना रहेका छन् ।

ती संक्रमित मध्ये तीनै जिल्लाामा हालसम्म ५ हजार ७२२ जनाले कोरोना जितिसकेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमण जित्नेहरुमा पनि काठमाडौंका ४ हजार ५२०, भक्तपुरका ५१८ र ललितपुरका ६८४ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांक

काठमाडौं उपत्यकामा हालसम्म ८४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा काठमाडौंका ६२ जना, भक्तपुरका १३ जना र ललितपुरका ९ जना रहेका छन् ।

नयँ थपिएका संक्रमित मध्ये उपत्यकाका मात्रै ४३ प्रतिशत

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार देशभर १ हजार १७० जनामा कोरोना पुष्टि भएको छ । त्यो मध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ५१२ जना रहेका छन् । जसमा काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा कोरोना पुष्टि भएको छ ।

यो तथ्यांकलाई हेर्दा देशभरको नयाँ थपिएका संक्रमित मध्ये उपत्यकामा मात्रै ४३.७६ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांक

उपत्यकाका अस्पतालमा १ हजार ८४३ जना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुमा १ हजार ८४३ जना कोरोना संक्रमित उपचारत छन् ।

ती मध्ये १७५ जना सोमबार नै अस्पताल भर्ना भएका तथा कोरोना पुष्टि भएका नयाँ संक्रमित हुन् ।

उपत्यकाका २१ वटा अस्पतालहरुमा १ हजार ७१० जना आइसोलेसनमा रहेका छन् । यस्तै १०८ जना आईसीयु र २५ जना संक्रमित उपत्यकामै भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : ३१ बजे

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम