राजदूत पराजुली र फिलिपिन्सकी समकक्षी प्यानोलोङ्गबीच भेटवार्ता « Khabarhub

राजदूत पराजुली र फिलिपिन्सकी समकक्षी प्यानोलोङ्गबीच भेटवार्ता



दोहा – ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली (ढकाल ) र ओमानका लागि मित्रराष्ट्र फिलिपिन्सका राजदूत इमेल्दा प्यानोलोङ्गबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपाली दूतावासको कार्यकक्षमा भएको भेटमा राजदूतद्वयले दुई देशको आपसी सम्बन्ध तथा पारस्पारिक सहयोगका सम्बन्धमा छलफल गरेको दूतावासले जनाएको छ ।

यस्तै राजदूत ढकालले ओमानस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग कोभिड-१९ को महामारी लगायत समसामयिक विषयमा दूतावासमा अन्तरक्रिया कार्यक्रम गरेको दूतावासले जनाएको छ । उक्त अवसरमा दूतावासका कूटनीतिक कर्मचारी लगायत स्थानीय कर्मचारीहरूको सहभागिता रहेको थियो।

यसैबीच राजदूत ढकालले भारतीय दूतावासमा उपस्थित भई भारतका पूर्व राष्ट्रपति स्व: प्रणव मुखर्जीको निधनप्रति नेपाली दूतावास ओमान, आफ्नो व्यक्तिगत तथा ओमानमा रहेका सम्पूर्ण नेपाली समुदायको तर्फबाट समवेदना व्यक्त गरेको दूतावासले जनाएको छ ।

यस्तै, राजदूत पराजुलीले दूतावासमा नयाँ पदस्थापन भएका श्रम सहचारी दिनेश ढकाललाई औपचारिकरूपमा स्वागत गरिकी छन् ।

नयाँ श्रम सहचारीलाई शुभकामना दिँदै उनले सदैव ओमानमा रहेका श्रमिकहरूको पक्षमा काम गर्न निर्देशन दिएकी छिन् ।

दूतावासमा श्रम सहचारीको रुपमा कार्यरत कृष्णा कुमारी गौली आफ्नो कार्यकाल पुरा गरी यही साउन ३० गते नेपाल फर्किसकेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ८ : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना