स्वास्थ्य मन्त्रालयका कर्मचारी आचार्यको अनुभव : बेसारपानी र गुर्जो खाएरै कोरोना जितेँ  « Khabarhub

स्वास्थ्य मन्त्रालयका कर्मचारी आचार्यको अनुभव : बेसारपानी र गुर्जो खाएरै कोरोना जितेँ 


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको जोखिम बढिरहेका बेला संक्रमणमुक्त भएकाहरुले आत्मबल बलियो बनाउँन सुझाव दिने गरेका छन् ।

यसले संक्रमिहरुलाई रोगविरुद्ध लड्न ठूलो मद्दत पुर्‍याउने गर्छ भने संक्रमण नभएकाहरुलाई पनि मानसिकरुपमा विचलित हुन दिँदैन ।

कोरोना जित्ने अधिकांशको अनुभव एउटै हुन्छ- सबैभन्दा ठूलो औषधि भनेको आत्मबल बलियो बनाउनु नै हो । कुनै पनि रोग लागेमा यसलाई सहजै परास्त गर्न सकिन्छ भन्ने हेक्का राख्नुपर्ने उनीहरु तर्क गर्छन् ।

त्यसो त अहिले कोरोनाको औषधि बनिनसकेको अवस्थामा संक्रमितहरुले खानपानमा समेत विशेष ध्यान दिनपर्ने उनीहरुको भनाइ छ ।

कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारी शिवहरी आचार्यले आफूले बेसार पानी, गुर्जो, अदुवा लगायतका घरेलु औषधि खाएरै कोरोना जितेको बताए ।

उनले कामका शिलशिलामा विभिन्न कार्यालय पुग्दा कोरोना संक्रमण भएको हुन सक्ने बताए पनि एकिन रुपमा आफूलाई कहाँबाट कसरी सर्‍यो थाहा नभएको बताए ।

जब परीक्षण गराएको केही समयपछि तपाई कोरोना पोजेटिभ हुनुभयो भनेर फोन आएपछि मन डराएको अनुभव सुनाए ।

उनले भने , ‘कुनै पनि नसोचेको कुरा भयो भने नदुखेको टाउँको पनि दुखे जस्तो हुने रहेछ । नदुखेको जिउ पनि दुखेको जस्तो भयो । तर विचलित भइनँ । कोरोना जितिन्छ भन्ने हेक्का राखेँ । कार्यालयका सरहरुले पनि नडराउनुस्  भनेर आत्मबल बढाउन प्रोत्साहित गर्नुभयो ।’

उनले आफू कोरोना पोजेटिभ भएपछि आफन्तहरु डराएको र उनीहरु भावुक बन्दा नरमाइलो लागेको अनुभव सुनाए ।

१६ दिन होम आइसोलेसनमा बसेर बेसारपानी, गुर्जो, अदुवा, लसुनजस्ता घरेलु औषधि सेवन गरेर कोरोनालाई परास्त गरेको उनले बताए ।

१६ औं दिनमा मैले कोरोना पुनः परीक्षण गराउँदा मेरो कोरोनाको रिपोर्ट नेगेटिभ आयो । कोरोना रिपोर्ट नेगेटिभ आउँदा म धेरै खुसी भएँ ।

कोरोना नेगेटिभ आएपछि पनि मैले आफ्नो घर परिवारमा सँगै रहिनँ, मैले २१ दिनसम्म छुट्टै क्वारेन्टिनमा नै बसेँ ।

त्यो समयमा कार्यालय पनि गइन । २१ दिनपछि म पूर्णरुपमा स्वस्थ भएर कोरोनालाई जितेर पुनः अफिज जान थालेँ, घरपरिवारमा पनि मिलेर बस्न थालेँ।

कोरोनालाई जित्न आत्मविश्वास बलियो बनाउँदै पौष्टित तत्वहरु धेरै खाएँ । इनर्जेटिक भएर कोरोनालाई सजिलै जित्न सकिने उनले अनुभव सुनाए ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ७ : ४२ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन