कुलमानको पुन:नियुक्तिको माग गर्दै कलाकारहरू « Khabarhub

कुलमानको पुन:नियुक्तिको माग गर्दै कलाकारहरू


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कलाकारहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः दोहोरिनुपर्ने माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत ऐक्यवद्धता जनाउँदै कलाकारहरुले कुलमान घिसिङलाई पुनःनियुक्तिका लागि दबाब दिन हरेक दिन बेलुका ८ बजेदेखि ५ मिनेटसम्मका लागि बत्ती निभाउन अनुरोध गरेका छन् ।

‘आदरणीय साथीहरु, कुलमानजीको पुनः नियुक्तिका लागि जनदबाव स्वरुप आजबाट हरेक साँझ ८ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यवद्धता प्रकट गरौं,’ कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत अपील गरेका छन् ।

यस्तै फिल्म निर्देशक प्रदीप भट्टराईले पनि गिरीको कुरामा ऐक्यवद्धता जनाउँदै बत्ती निभाएर दबाव दिन आह्वान गरेका छन् ।

भट्टराई भन्छन्, ‘नराम्रा पटक–पटक, राम्रा किन एकपटक ?’

कुलमान घिसिङको पुनःनियुक्ति हुनुपर्ने धारणा अन्य कलाकारले पनि व्यक्त गरेका छन् ।

कलाकार हरिवंश आचार्य, करिश्मा मानन्धर, वर्षा राउत, केकी अधिकारी लगायतका कलाकारले पनि कुलमान पुनः कार्यकारी निर्देशकमा नियुक्ति हुनुपर्ने भन्दै आवाज उठाएका छन् ।

आफ्नो ४ वर्षे कार्यकालमा कुलमानले नेपालमा दैनिक घण्टौंसम्म हुने लोडसेडिङ अन्त्य गरेका थिए । विद्युत चुहावट रोकी लोडसेडिङ अन्त्य गरेको भन्दै उनको खुबै तारिफ भएको थियो ।

लामो समयदेखि सामाजिक सञ्जालमा कुलमान घिसिङको पुनःनियुक्ति हुनुपर्ने विषय उठेको छ । धेरै मानिसले कुलमानलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज उठाएका छन् ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले भने कुलमान घिसिङलाई पुनःनियुक्ति गर्नेबारे निर्णय गर्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई पुनःनियुक्ति गर्नुपर्ने विषयमा कानूनी प्रश्न उठाएको बताइएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १२ : ०६ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी