२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ६७६ कोरोना संक्रमित « Khabarhub

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ६७६ कोरोना संक्रमित


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जना गरी जम्मा ६७६ जना संक्रमित थपिएका छन् ।

यसअघि सोमबार (हिजो)  काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना गरी जम्मा ५१२ जना संक्रमित थपिएका थिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ ।

मन्त्रालयका अनुसार आज थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान ग गुमाउनेको संख्या ३७१ पुगेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ४ : ३५ बजे

इजरायली मन्त्री अल-अक्सा मस्जिदमा छिरेपछि कतारको कडा विरोध

दोहा- कतारले इजरायली राष्ट्रिय सुरक्षा मन्त्री इट्मार बेन-ग्भिरद्वारा अल-अक्सा मस्जिद

विदेशी मल आयात रोक्न स्वदेशमै उत्पादन बढाउनुपर्छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले विदेशबाट अर्बौं

सात खर्ब ५५ अर्ब नाघ्यो बेरुजु, एक वर्षमा ३ प्रतिशतले बढ्यो

काठमाडौं- आर्थिक वर्ष ०८१/८२ मा नेपालको कुल बेरुजु ७ खर्ब

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)

स्वास्थ्य मन्त्रालयको कुल बजेट खर्च ७२.९७ प्रतिशत 

काठमाडौं– चालु आर्थिक वर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका