बलात्कारीलाई सार्वजनिक स्थलमा झुन्ड्याउनुपर्छ : इमरान खान « Khabarhub

बलात्कारीलाई सार्वजनिक स्थलमा झुन्ड्याउनुपर्छ : इमरान खान


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बढ्दो यौनहिंसा रोक्‍नका लागि बलात्कारीलाई सार्वजनिक स्थलमा झुण्ड्याउने अथवा रसायन प्रयोग गरेर ती व्यक्तिका अण्डकोष झिक्‍नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री खानले ९२ न्युज एचडीसँगको अन्तर्वार्ताका क्रममा सामुहिक बलात्कार बढ्दै गएको विषयमा गरिएको प्रश्‍नमा यस्तो जवाफ दिएका हुन् ।

प्रधानमन्त्री खानले ‘मोटरवे ग्याङ रेप’ ले सिंगो मुलुकलाई नै त्रसित बनाएको जनाएका छन् ।

उनले भने, “प्रहरीले सार्वजनिक गरेको बलात्कारका उजुरीले म ‘स्तब्ध’ भएको छु । बलात्कार गर्नेहरुलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्‍ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ ।”

उनले अर्को विकल्प भनेको रसायनिक तथा सर्जिकल विधिबाट उनीहरुका अण्डकोष निकाल्‍न अथवा निस्क्रिय पार्न सकिनेसमेत बताएका छन् ।

पाकिस्तानमा गत हप्ता पञ्‍जाब प्रान्तको लाहोर सहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई जबर्जस्ती कार रोकेर उनको कारमासमेत तोडफोड गरी कारबाट सडकमा निकालेर बलात्कार गरिएको घटना सार्वजनिक भएको थियो ।

उक्त घटनामा संलग्‍न भएको आशंकामा लाहोर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ८ : ०२ बजे

पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा

काठमाडौँ – निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित

तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित

न्यु जर्सी – गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतले जर्मनीमाथि २-१

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असार १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०