ओमानबाट १७४ नेपाली स्वदेश फर्किए « Khabarhub

ओमानबाट १७४ नेपाली स्वदेश फर्किए



दोहा -ओमानबाट १७४ नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड-१९ को महामारीको कारण सिर्जित विषम परिस्थितिले नेपाल फर्कन दूतावासमा नाम टिपाएका मध्ये
आज  १७४ नेपाली स्वदेश फर्किएका हुन् ।

ओमानस्थित नेपाली दूतावासका अनुसार सलाम एअरको OV-427 को उडानमा ४१ महिलासहित १७४ जना नेपाल फर्किएका हुन्। यसअघि सलाम एअरको पाचौँ उडानमार्फत ८३० नेपाली स्वदेश फर्किसकेका छन् ।

आज छैटौँ उडानमार्फत नेपाल फर्किएका सबै नेपालीहरू तथा उक्त उडानका चालक दलका सदस्यहरू समेतको पीसीआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको दूतावासले जनाएको छ ।

विमानस्थलमा ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले सम्पूर्ण यात्रुको सफल यात्राको कामना गरिन् ।

यसैगरी दूतावासमा द्बितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, सहचारी अनिल राना लगायत स्थानीय कर्मचारीहरू तथा नेपाली सोसल क्लबका प्रतिनिधिहरु समेत विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १० : १९ बजे

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले