उपचाररत क्रिकेटर भण्डारीलाई राखेपले आर्थिक सहयोग गर्ने « Khabarhub

उपचाररत क्रिकेटर भण्डारीलाई राखेपले आर्थिक सहयोग गर्ने


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले दुर्घटनामा घाइते भएका क्रिकेटर ललित सिंहलाई भेटेका छन्।

मंगलबार बेलुका सदस्य सचिव सिलवाल राष्ट्रिय क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्कासहितको टोलीले क्रिकेटर भण्डारीलाई ग्रान्डी इन्टरनेसनल अस्पताल पुगेर भेटेका हुन्।

भेटका क्रममा सदस्य सचिव सिलवालले उपचारका क्रममा लाग्ने खर्चमा राखेप र नेपाल सरकारले सहयोग गर्ने आश्वासन दिएका छन्।

क्रिकेटर भण्डारीको उपचारमा कुनै कमी नगर्न चिकित्सकहरुलाई सदस्य सचिव सिलवालले आग्रह गरेका छन्।

`तपाईंहरु कुनै चिन्ता नलिनुस्। राम्रोसँग उपचार गर्नुस्,´ सदस्य सचिव सिलवाललाई उद्वत गर्दै नेपाल क्रिकेट संघका सदस्य छुम्बी लामाले भने ।

यस्तै सिलवालले क्रिकेटर भण्डारीकी पत्नीलाई आर्थिक रुपमा लाग्ने खर्चमा राखेपले पनि सहयोग गर्ने प्रतिवद्वता जनाएका छन्। के के आवश्यक पर्छ भन्नू होला राखेपले सहयोग गर्नेछ सदस्य सचिव सिलवालले भने।

गएको आइतबार कञ्चनपुरको झलारी बजारमा भण्डारी सवार मोटरसाइकल ट्रकसँग ठोकिएपछि उनको दायाँ हात र दाहिने खुट्टा फ्याक्चर भएका छन्।

साथै उनको फोक्सोमा पनि समस्या रहेको हुनसक्ने चिकित्सकहरुले आशंका गरेका छन्। तर, फाइनल रिपोर्ट आइसकेको छैन । आईसीयुमा रहेबा उनको आजबाट अप्रेसन सुरु हुने बताइएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ९ : ५७ बजे

ग्रे लिस्टबाट निस्किन सकेन नेपाल, एफएटीएफले भन्यो : सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रभावकारी भएन

काठमाडौं– नेपाल सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क

टिपर दुर्घटनामा चालकको मृत्यु 

तनहुँ– स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु

आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीयस्थल

पाँचथर– पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे

झापामा लागूऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

झापा– पछिल्लो समय लागूऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

बागमती– लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः