आलिया भट्टले शेयर गरिन् फोटो, प्रयोगकर्ताले भने – चप्पल बटन पनि हुनुपर्ने हो | Khabarhub Khabarhub

आलिया भट्टले शेयर गरिन् फोटो, प्रयोगकर्ताले भने – चप्पल बटन पनि हुनुपर्ने हो


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणपछि बलिउडमा चलेको नेपोटिज्मको बहसले धेरै कलाकारको विरोध भयो ।

अझै पनि यो बहस सकिएको छैन । बरु सुशान्तको केश ड्रग्स र उनकी प्रेमिका रियातर्फ सोझिएको छ ।

नेपोटिज्म बहसले निम्त्याएको माहोलका कारण आलियाको पछिल्लो फिल्म ‘सडक २’ ले घाटा बेहोर्नुपरेको थियो । सुशान्तका फ्यानलाई अझै पनि आलियाप्रति रिस उठेको छ ।

किनकि, उनी बलिउडमा नातावादका कारण चलेको आरोप लगाइएको छ ।

हालै आलियाले तस्वीर शेयरिङ साइट इन्स्टाग्राममा एक तस्वीर अपलोड गरिन् । उक्त तस्वीरमा प्रयोगकर्ताले नकारात्मक प्रतिक्रिया गरेका छन् ।

आफू ट्रोल भइरहेका बेला आलियाले सुन्दर तस्वीर शेयर गर्दै लेखिन् – तर म अघि बढिरहनेछु, रोकिने छैन ।

यो तस्वीरमा १४ हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन् । तीमध्ये केही प्रतिक्रिया राम्रो भन्दै आइरहेका छन् भने धेरै प्रतिक्रियामा उनलाई गालीको वर्षा भएको छ ।

एक प्रयोगकर्ताले लेखेका छन् – दिदी तपाईंको अर्को फिल्म कहिले आउँछ ? उसलाई डिसलाइक गर्न छ ।

‘इन्स्टाग्राममा एक चप्पल बटन पनि हुनुपर्छ,’ अर्का एक प्रयोगकर्ताले लेखेका छन् ।

हालै आलियाको फिल्म ‘सडक २’ रिलिज भएको थियो । उक्त फिल्मको ट्रेलरमै दर्शकले लाइकभन्दा बढी डिसलाइक गरेका थिए । फिल्मले समीक्षा पनि राम्रो पाएन ।

 

View this post on Instagram

 

but I keep cruising, can’t stop won’t stop moving ..

A post shared by Alia Bhatt ☀️ (@aliaabhatt) on

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १२ : ४४ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ