आलिया भट्टले शेयर गरिन् फोटो, प्रयोगकर्ताले भने – चप्पल बटन पनि हुनुपर्ने हो « Khabarhub

आलिया भट्टले शेयर गरिन् फोटो, प्रयोगकर्ताले भने – चप्पल बटन पनि हुनुपर्ने हो


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणपछि बलिउडमा चलेको नेपोटिज्मको बहसले धेरै कलाकारको विरोध भयो ।

अझै पनि यो बहस सकिएको छैन । बरु सुशान्तको केश ड्रग्स र उनकी प्रेमिका रियातर्फ सोझिएको छ ।

नेपोटिज्म बहसले निम्त्याएको माहोलका कारण आलियाको पछिल्लो फिल्म ‘सडक २’ ले घाटा बेहोर्नुपरेको थियो । सुशान्तका फ्यानलाई अझै पनि आलियाप्रति रिस उठेको छ ।

किनकि, उनी बलिउडमा नातावादका कारण चलेको आरोप लगाइएको छ ।

हालै आलियाले तस्वीर शेयरिङ साइट इन्स्टाग्राममा एक तस्वीर अपलोड गरिन् । उक्त तस्वीरमा प्रयोगकर्ताले नकारात्मक प्रतिक्रिया गरेका छन् ।

आफू ट्रोल भइरहेका बेला आलियाले सुन्दर तस्वीर शेयर गर्दै लेखिन् – तर म अघि बढिरहनेछु, रोकिने छैन ।

यो तस्वीरमा १४ हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन् । तीमध्ये केही प्रतिक्रिया राम्रो भन्दै आइरहेका छन् भने धेरै प्रतिक्रियामा उनलाई गालीको वर्षा भएको छ ।

एक प्रयोगकर्ताले लेखेका छन् – दिदी तपाईंको अर्को फिल्म कहिले आउँछ ? उसलाई डिसलाइक गर्न छ ।

‘इन्स्टाग्राममा एक चप्पल बटन पनि हुनुपर्छ,’ अर्का एक प्रयोगकर्ताले लेखेका छन् ।

हालै आलियाको फिल्म ‘सडक २’ रिलिज भएको थियो । उक्त फिल्मको ट्रेलरमै दर्शकले लाइकभन्दा बढी डिसलाइक गरेका थिए । फिल्मले समीक्षा पनि राम्रो पाएन ।

 

View this post on Instagram

 

but I keep cruising, can’t stop won’t stop moving ..

A post shared by Alia Bhatt ☀️ (@aliaabhatt) on

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १२ : ४४ बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्