२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ७३७ कोरोना संक्रमित « Khabarhub

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ७३७ कोरोना संक्रमित


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना गरी जम्मा ७३७ जना संक्रमित थपिएका छन् ।

यसअघि मंगलबार (हिजो) काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जना गरी जम्मा ६७६ जना संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ४ : ५० बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन