भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख नाघ्यो, एकैदिन ९७ हजारमा संक्रमण « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख नाघ्यो, एकैदिन ९७ हजारमा संक्रमण


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५१लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

बिहीबार भारतमा ९७ हजार ८५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१ लाख १५ हजार ८५९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४० लाख २२ हजार ४९ जना संक्रमणमुक्त भएका छन् भने १० लाख १० हजार ६१४ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १३९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८३ हजार २३० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ५ : ४० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका