काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले मुलुकभरका सबै प्रदेशमा हल्का वर्षा भइरहेको छ ।
नेपाल बाढी सूचना केन्द्रका अनुसार बाँके, बर्दिया र कैलाली तथा आसपासका जिल्लामा भने भारी वर्षा भएको छ ।
केन्द्रले जारी गरेको सूचनामा त्यस क्षेत्र आसपासका तटीय क्षेत्रका बासिन्दालाई कम्तिमा ९ बजेसम्म सतर्क रहन आग्रह गरिएको छ ।
मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले देशभर सामान्यतया बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
आज दिउँसो केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि केही स्थानहरूमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । राति प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो क्रम शुक्रबारसम्म नै कायम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।
प्रतिक्रिया