तपाईंको भाग्य निर्धारण गर्ने निधारका रेखा « Khabarhub

तपाईंको भाग्य निर्धारण गर्ने निधारका रेखा


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निधारका रेखाको सम्बन्ध मानिसको भाग्यसँग जोडिएको हुन्छ । समुन्द्र शास्त्रका अनुसार कुनै पनि ब्यक्तिको निधारको रेखाले मानिस कति भाग्यशाली छ भनेर थाहा पाउन सकिन्छ । निधारको रेखाको सम्बन्ध मानिसको भविष्य र उसको जीवनसँग हुने गर्दछ ।

समुन्द्रशास्त्रका अनुसार निधारका पहिलो रेखाको सम्बन्ध धनसँग जोडिएको हुन्छ । त्यसैले निधारको पहिलो रेखा जति लामो भयो ब्यक्ति त्यति नै धनवान् हुने मान्यता रहेको छ । तर रेखा स्पष्ट छैन भने यस्ता ब्यक्तिलाई धनसँग सम्बिन्धीत समस्या हुने मान्यता छ ।

निधारको दोस्रो रेखाले मानिसको स्वास्थ्य जीवनका बारेमा दर्शाउछ । यो रेखा आखि भौको छेउको रेखाको माथि हुन्छ । यदि निधारको दोस्रो रेखा गाढा र स्पष्ट देखिन्छ भने व्यक्तिको स्वास्थ्य जीवन राम्रो हुने संकेत गर्दछ । तर यहि रेखा पातलो र हल्का मात्र छ भने यस्ता ब्यक्तिलाई स्वास्थ्यका समस्या हुने मान्यता रहेको छ ।

निधारको तेस्रो रेखाले मानिसको भाग्य निर्धारण गर्ने मान्यता रहेको छ । यदि निधारमा ३ वटा रेखा मात्र छ भने यसलाई भाग्यको रेखा मानिदैन । यस मुनि अर्काे रेखा अर्थात ४ वटा रेखा छ भने तेस्रो रेखा चाहिँ भाग्य रेखा हो । यो रेखा जती लामो भयो मानिस त्यति नै भाग्यमानि हुने मान्यता रहेको छ ।

निधारको चौथो रेखाले जीवनका उतारचढावलाई संकेत गर्दछ । यदि निधारमा तिन वटा रेखा मात्र छ भने त्यो यहि रेखा हो । भाग्य दर्शाउने तेस्रो रेखा हुन चौथो रेखा अनिवार्य छ । यो रेखाले जीवनमा संर्घष दर्शाउँछ । यो रेखा छोटो भएमा राम्रो मानिन्छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : ४४ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार