विश्व एथलेटिक्सका पूर्वप्रमुख २ वर्षलाई जेल चलान « Khabarhub

विश्व एथलेटिक्सका पूर्वप्रमुख २ वर्षलाई जेल चलान


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व एथ्लेटिक्स महासंघका पूर्वप्रमुख लामिने डिएकलाई दुई वर्षको जेल सजाय भएको छ।

८७ वर्षीय सेनेगली डिएकले रसियन डोपिङ स्क्यान्डलसँग जोडिएको भ्रष्टाचार र मनी लाउन्डरिङ प्रमाणित भएपछि २ वर्ष जेल सजाय र ५ लाख पाउण्ड जरीवाना तोकिएको छ।

डिएकमाथि डोपिङ टेष्ट गरेका खेलाडीहरुको डोपिङ नतिजा ढाक्न खेलाडीबाट घुस लिने गरेको आरोप लागेको थियो। यस्तै, २०१२ लन्डन ओलम्पिकसहित अन्य प्रतियोगितामा ती खेलाडीहरूलाई प्रतिस्पर्धा गर्न दिइएको थियो ।

न्यायाधीशले उनका कार्यहरूले एथलेटिक्सको मूल्य र डोपिङविरूद्ध लडाइँलाई हानी पुर्‍याएको जनाएका छन् ।

उनी नोभेम्बर २०१५ देखि पेरिसमा नजरबन्दमा थिए ।

उनलाई चार वर्ष जेल सजाय सुनाइएको थियो। तीमध्ये दुई वर्ष निलम्बित थिए । डिएकका वकिलहरूले भने त्यो फैसलाविरूद्ध अपिल हुने बताएका छन्।

डिएकलाई ५ लाख युरोसम्मको जरिवाना पनि लगाइएको छ । फ्रान्सेली अधिकारीहरूले चार वर्षको अनुसन्धानले डिएकले आफूले गरेको गल्तीलाई ढाकछोप गर्नका लागि ३ मिलियनभन्दा बढी युरो समेत दिएको जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ११ : ०३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा