विश्व एथलेटिक्सका पूर्वप्रमुख २ वर्षलाई जेल चलान « Khabarhub

विश्व एथलेटिक्सका पूर्वप्रमुख २ वर्षलाई जेल चलान


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व एथ्लेटिक्स महासंघका पूर्वप्रमुख लामिने डिएकलाई दुई वर्षको जेल सजाय भएको छ।

८७ वर्षीय सेनेगली डिएकले रसियन डोपिङ स्क्यान्डलसँग जोडिएको भ्रष्टाचार र मनी लाउन्डरिङ प्रमाणित भएपछि २ वर्ष जेल सजाय र ५ लाख पाउण्ड जरीवाना तोकिएको छ।

डिएकमाथि डोपिङ टेष्ट गरेका खेलाडीहरुको डोपिङ नतिजा ढाक्न खेलाडीबाट घुस लिने गरेको आरोप लागेको थियो। यस्तै, २०१२ लन्डन ओलम्पिकसहित अन्य प्रतियोगितामा ती खेलाडीहरूलाई प्रतिस्पर्धा गर्न दिइएको थियो ।

न्यायाधीशले उनका कार्यहरूले एथलेटिक्सको मूल्य र डोपिङविरूद्ध लडाइँलाई हानी पुर्‍याएको जनाएका छन् ।

उनी नोभेम्बर २०१५ देखि पेरिसमा नजरबन्दमा थिए ।

उनलाई चार वर्ष जेल सजाय सुनाइएको थियो। तीमध्ये दुई वर्ष निलम्बित थिए । डिएकका वकिलहरूले भने त्यो फैसलाविरूद्ध अपिल हुने बताएका छन्।

डिएकलाई ५ लाख युरोसम्मको जरिवाना पनि लगाइएको छ । फ्रान्सेली अधिकारीहरूले चार वर्षको अनुसन्धानले डिएकले आफूले गरेको गल्तीलाई ढाकछोप गर्नका लागि ३ मिलियनभन्दा बढी युरो समेत दिएको जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ११ : ०३ बजे

महिला भलिबलः एपिएफ फाइनल प्रदेश

झापा – यहाँ जारी राष्ट्रियस्तरकको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको

कार्यविधिमा मुक्त कमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ : मुख्यमन्त्री शाह

घोडाघोडी (कैलाली)- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमलरीसम्बन्धी कार्यविधिमा

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा- तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो ।

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा (झापा)- सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास