हुन्डाई ग्राण्ड आई टेन नियोस नेपाली बजारमा, मुल्य कति ? | Khabarhub Khabarhub

हुन्डाई ग्राण्ड आई टेन नियोस नेपाली बजारमा, मुल्य कति ?


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई-10 सार्वजनिक गरेको छ ।

हुन्डाई ग्रान्ड आई-10 धेरै वर्षदेखि बजारमा सबभन्दा मनपर्ने र प्रशंसा गरिएको कार मध्ये एक हो। अब यसको विरासतलाई अगाडि बढाउन, हुन्डार्ईले स्टाइलिश र थप विशेषताहरु भएको ग्रान्ड आई-10 नियोस बजारमा ल्याएको हो ।

हुन्डाई ग्राण्ड आई-10 नियोस Kappa Dual VTVT Technology मा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ ।

उत्कृष्ट प्रदर्शनका लागि ८३ ps/ ६००० rpm सर्वाधिक पावर दुबै म्यानुअल तथा स्वचालित ट्रन्समिसन विकल्पहरुमा पाउन सकिनेछ ।

ग्राण्ड आई-10  नियोसले 5–speed म्यानुअल र स्मार्ट अटो AMT दुबै किसिमको ट्रान्समिसनमा उपलब्ध छ ।

हुन्डाई ग्राण्ड आई-10 नियोसमा Glossy Black Radiator Grille, Boomerang आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ inch alloy व्हील्स पाउन सकिन्छ।

सडकमा फरक उपस्थितिको लागि हुन्डाई ग्राण्ड आई-10 नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध छ ।

ग्राण्ड आई-10 नियोस यात्राका लागि एक उत्तम सवारी साधन मात्र नभई स्मार्ट साधन पनि हो। एप्पल कारप्ले, एन्ड्रोइड अटो र best-in-segment टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०.२५ सि.एम.) का साथै रियर एसी भेन्ट जस्ता सुविधाले युक्त ग्राण्ड आई-10 नियोसले आरामदायी यात्रा सुनिश्चित गर्दछ ।

सुरक्षित यात्राको निम्ति भने हुन्डाईले नियोसमा Strong Body Structure 65% (AHSS+HSS), Front Dual Airbags, सेन्सर भएको Rear Parking Camera, इबिडी का साथ Anti-lock Braking System, र Driver Rear View Monitor प्रस्तुत गरेको छ।

हुन्डाई ग्राण्ड आई-10 नियोसले नेपाली बजारमा आफनो छुटै पहिचान कायम गरि सफलतापूर्वक ग्राहकहरुको मन जित्नेमा कम्पनी विश्वस्त रहेको प्रेस विज्ञातिमार्फत जनाइएको छ ।

यो गाडीको सुरुवाती मूल्य रु ३०,९६,००० कायम गरिएको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौं ग्राहकहरुको मन तथा विस्वास जित्न सफल भएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ५ : ३३ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता