पशुपतिमा भजनकीर्तन गर्न जम्मा भएका भक्तजनमाथि धरपकड | Khabarhub Khabarhub

पशुपतिमा भजनकीर्तन गर्न जम्मा भएका भक्तजनमाथि धरपकड


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपतिनाथको मन्दिरमा भजनकीर्तन गर्न भेला भएकामाथि प्रहरीले धरपकड गरेको छ ।

पशुपतिनाथको मन्दिर खोल्न शान्तिपूर्ण दवाब दिने उद्देश्यले बिहीबार उनीहरु पशुपति परिसर बाहिर भुवनेश्वरी चोकमा भजन गाउने तयारी गर्दा-गर्दै प्रहरीले धरपकड गरेको हो ।

जम्मा भएकाहरुले भजनकीर्तन गर्ने तयारी गर्दै गर्दा प्रहरीले धरपकड गर्‍यो, हामीहरुको माइक खोस्यो’, पशुपतिका केदारमान भण्डारीले भने ।

माइक खोसेपछि प्रहरीले अन्धधुन्ध लाठी प्रहार गरेको उनले बताए ।

गौशाला, चाबहिल, जयबागेश्वरी, गुहेश्वरी लगायतका नाकामा बसेर प्रहरीले पशुपति आउन रोकेको थियो ।

धार्मिक स्थल पनि सुरक्षाका सबै मापदण्ड पूरा गरेर खोल्नुपर्ने धार्मिक संघसंस्थाका पदाधिकारीले माग गरेका छन् ।

मन्दिर खोल्न माग गर्दै राष्ट्रपति विद्यादेखि भण्डारी पशुपति क्षेत्र विकास कोष, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई समेत भेटेर ज्ञापन पत्र समेत दिइसकेका छन् ।

शिवसेना नेपाल, हिन्दुजागर नेपाल, विश्वहिन्दु महासंघ, विश्वहिन्दु युवा संघ अन्तराष्ट्रिय समितले मन्दिर विहिबारबाटै खोल्न माग राख्दै मन्त्री भट्टराइलाई ज्ञापन पत्र बुझाएका थिए ।

पशुपतिनाथको मन्दिर ५ दिनभित्र नखोले आन्दोलन गर्ने चेतावनी धार्मिक संघ संस्थाले दिएका छन् ।

शिवसेना, नेपाल, हिन्दु जागरण नेपाल, विश्वहिन्दु महासँग लगायत २१ वटा धार्मिक संगठनको बिहिबारको बैठकले यस्तो चेतावनी दिएका हुन् ।

कोरोनाको महामारीले ०७६ चैत १० गतेदेखि लकडाउन भएसँगै पशुपतिनाथ लगायत मठ मन्दिरमा दर्शन गर्न बन्द गरिएका छन् ।

पशुपतिनाथमा नित्य पुजा भने भइरहेको छ । मन्दिर नखुल्दा भक्तजनहरु गेट बारिबाटै दर्शन गरेर फर्कने गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ७ : ५५ बजे

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा – आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य

एलओडी क्लब एनपीलको इन्टरटेनमेन्ट पार्टनर 

काठमाडौं– एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको

काठमाडौंलाई जनकपुरसँग अघिल्लो सिजनको बदला लिने अवसर

काठमाडौं – नेपाल प्रिमियर लिगको सिजन २ को उद्घाटन खेलमा

समयअगावै जन्मिएका शिशुका लागि २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य 

काठमाडौं– समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्ने

काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो

काठमाडौं– सरकारले सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर