पशुपतिमा भजनकीर्तन गर्न जम्मा भएका भक्तजनमाथि धरपकड « Khabarhub

पशुपतिमा भजनकीर्तन गर्न जम्मा भएका भक्तजनमाथि धरपकड


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपतिनाथको मन्दिरमा भजनकीर्तन गर्न भेला भएकामाथि प्रहरीले धरपकड गरेको छ ।

पशुपतिनाथको मन्दिर खोल्न शान्तिपूर्ण दवाब दिने उद्देश्यले बिहीबार उनीहरु पशुपति परिसर बाहिर भुवनेश्वरी चोकमा भजन गाउने तयारी गर्दा-गर्दै प्रहरीले धरपकड गरेको हो ।

जम्मा भएकाहरुले भजनकीर्तन गर्ने तयारी गर्दै गर्दा प्रहरीले धरपकड गर्‍यो, हामीहरुको माइक खोस्यो’, पशुपतिका केदारमान भण्डारीले भने ।

माइक खोसेपछि प्रहरीले अन्धधुन्ध लाठी प्रहार गरेको उनले बताए ।

गौशाला, चाबहिल, जयबागेश्वरी, गुहेश्वरी लगायतका नाकामा बसेर प्रहरीले पशुपति आउन रोकेको थियो ।

धार्मिक स्थल पनि सुरक्षाका सबै मापदण्ड पूरा गरेर खोल्नुपर्ने धार्मिक संघसंस्थाका पदाधिकारीले माग गरेका छन् ।

मन्दिर खोल्न माग गर्दै राष्ट्रपति विद्यादेखि भण्डारी पशुपति क्षेत्र विकास कोष, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई समेत भेटेर ज्ञापन पत्र समेत दिइसकेका छन् ।

शिवसेना नेपाल, हिन्दुजागर नेपाल, विश्वहिन्दु महासंघ, विश्वहिन्दु युवा संघ अन्तराष्ट्रिय समितले मन्दिर विहिबारबाटै खोल्न माग राख्दै मन्त्री भट्टराइलाई ज्ञापन पत्र बुझाएका थिए ।

पशुपतिनाथको मन्दिर ५ दिनभित्र नखोले आन्दोलन गर्ने चेतावनी धार्मिक संघ संस्थाले दिएका छन् ।

शिवसेना, नेपाल, हिन्दु जागरण नेपाल, विश्वहिन्दु महासँग लगायत २१ वटा धार्मिक संगठनको बिहिबारको बैठकले यस्तो चेतावनी दिएका हुन् ।

कोरोनाको महामारीले ०७६ चैत १० गतेदेखि लकडाउन भएसँगै पशुपतिनाथ लगायत मठ मन्दिरमा दर्शन गर्न बन्द गरिएका छन् ।

पशुपतिनाथमा नित्य पुजा भने भइरहेको छ । मन्दिर नखुल्दा भक्तजनहरु गेट बारिबाटै दर्शन गरेर फर्कने गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ७ : ५५ बजे

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न