ओमानका पर्यटनमन्त्रीले गरे नेपालको साँस्कृतिक विविधताको प्रशंसा « Khabarhub

ओमानका पर्यटनमन्त्रीले गरे नेपालको साँस्कृतिक विविधताको प्रशंसा



दोहा- ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र त्यहाँका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल मरहुक्कीबीच भेटवार्ता भएको छ ।

मन्त्री अल मर‌हुक्कीको कार्यकक्षमा भएको भेटमा राजदूत ढकालले सम्पदा तथा पर्यटन मन्त्रीको रूपमा नियुक्त भएकोमा मन्त्रीलाई बधाई तथा शुभकामना दिइन ।

राजदूत ढकालले पर्यटन मन्त्रीसँगको भेटमा नेपालको सांस्कृितक तथा प्राकृतिक सम्पदाका बारेमा जानकारी दिएकी थिइन । उनले  पछिल्लो दिनमा ओमानबाट जाने पर्यटकको संख्यामा वृद्धि भएको जानकारी गराउदै आगामी दिनमा समेत मन्त्रीलगायत ओमान सरकारबाट पर्यटन प्रबर्द्धनमा सहकार्यका लागि अनुरोध गरिन ।

मन्त्री अल मर‌हुक्कीले नेपालको प्राकृतिक सम्पदा एवम् साँस्कृतिक विविधताको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पर्यटनको क्षेत्रमा सहकार्य गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।

उनले गत डिसेम्बरमा भएको संग्रहालय सम्बन्धी सम्झौताबारे प्रसन्नता जाहेर गर्दै निकट भविष्यमा नै पर्यटन क्षेत्रमा पनि एक सम्झौतामा हस्ताक्षर हुने विश्वास व्यक्त गरेको राजदूत ढकालले बताइन् ।

मन्त्री अल मरहुक्कीले ओमानको पर्यटन प्रबर्द्धनमा नेपाली जनशक्तिको विशेषगरी हस्पिटलिटीको क्षेत्रमा राम्रो योगदान रहेको उल्लेख गरेका थिए ।

छलफलमा सम्पदा तथा पर्यटन मन्त्रालयका अन्य उच्च पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ८ : ५४ बजे

राष्ट्रियसभामा अर्थमन्त्रीको जवाफ- रोक्का आयोजनाको रकम फुकुवा भइसकेको छ

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार गठन भएपछि रोक्का गरिएका

निर्वाचनमा कुनै तालमेल हुँदैन, नेकपा एक्लै संसद्‌मा ठूलो पार्टी बन्छ : प्रचण्ड

कास्की– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले तोकिएको मितिमै निर्वाचन

दोलखाका युवा नेता खड्काले लिए उम्मेदवारी फिर्ता, कांग्रेसका शिवाकोटीलाई सघाउने

दोलखा- युवा नेता एवम् दोलखाबाट संघीय संसद्का स्वतन्त्र उम्मेदवार महेन्द्र

फिलिपिन्समा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो, २७ अझै बेपत्ता

एजेन्सी– दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या

चलचित्र विधेयक–२०८१ राष्ट्रियसभाबाट पारित

काठमाडौं– राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक–२०८१ पारित भएको छ ।   बुधबार