मन्त्री ढकालद्वारा प्युठानमा स्वास्थ्य सामग्री प्रदान « Khabarhub

मन्त्री ढकालद्वारा प्युठानमा स्वास्थ्य सामग्री प्रदान


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड –१९ को रोकथाम र नियन्त्रणका लागि प्युठान जिल्लाका लागि स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्युठान नगरपालिका प्रमुख अर्जुनबहादुर कक्षपति तथा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रका डा राजेन्द्र पौडेललाई पाँच थान भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

पाँच भेन्टिलेटरमध्ये दुई प्युठान जिल्ला अस्पताल, दुई भिङ्ग्री प्राथमिक केन्द्र र एक खलङ्गा प्राथमिक स्वास्थ्य केन्द्रका लागि प्रदान गरिएको हो । प्रदान गरिएका अन्य स्वास्थ्य सामग्रीमा तीन हजार सर्जिकल मास्क, २७० थान एन ९५ मास्क, १० थान थर्मल गन र एक हजार थान पञ्जालगायत छन् ।

सो अवसरमा मन्त्री ढकालले कोभिड १९ को लडाइँमा सवब एकजुट हुनुपर्ने बताउनुभयो । प्युठानमा अहिलेसम्म कोभिड –१९ को उपचारका लागि भेन्टिलेटर थिएन ।

यस्तै मन्त्री ढकालले लुम्बिनी प्रादेशिक अस्पतालमा दुई, त्रिवि शिक्षण अस्पतालमा पाँच, दमक अस्पतालमा तीन, इलाम जिल्ला अस्पतालमा दुई र तेह्रथुम जिल्ला अस्पतालमा जडान एक थान भेन्टिलेटर हस्तान्तरण गरे ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  १० : १४ बजे

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग

१२ वर्षको मिहिनेत खेर गयो भन्दै सडकमा विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंमा विरोध

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

तानसेन– यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ

सैन्य अभ्यास गर्दा ग्रिनेड विस्फोट : हुद्दाले ज्यान गुमाए, सहसेनानी घाइते

धनगढी- कैलाली बिहीबार एक सैनिक तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा

रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको छ : सोविता गौतम

काठमाडौं– कानूनमन्त्री एवं रास्वपा नेतृ सोविता गौतमले शासकीय स्वरूपका विषयमा