दामनमा बन्यो ७० मिटर लामो फलामे भर्‍याङ « Khabarhub

दामनमा बन्यो ७० मिटर लामो फलामे भर्‍याङ


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टिस्टुङ – पर्यटकीय आकर्षणको केन्द्र मानिने मकवानपुरस्थित थाहा नगरपालिकाको दामनमा १५७ खुड्किलाको ७० मिटर लामो फलामे भर्‍याङ निर्माण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु ५० लाख आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरणमा फलामे भर्‍याङसहित पार्क निर्माण गरिएको हो ।

थाहा नगरपालिका—४ का वडाध्यक्ष दिपकसिंह लामाले प्राकृतिक टाकुरासम्म पुग्न निर्मित भर्‍याङ नेपालकै अग्लो फलामे भर्‍याङ भएको दाबी गरे ।

भर्‍याङबाट माथि समुद्री सतहबाट करिब दुई हजार ४०० मिटरको उचाइमा रहेको अग्लो स्थानलाई प्राकृतिक टावरको रुप दिइएको छ ।

अग्लो टाकुरालाई वरपरबाट ढुङ्गा र सिमेन्टको गारोले घेरेर प्राकृतिक टावरको रुप दिइएको निर्माण समितिका अध्यक्ष कान्छा लामाले बताए ।

दामनमा ७० मिटर लामो भर्‍याङसहित प्राकृतिक टावर बनेपछि थाहा नगरपालिकामा अब अर्को दृश्यावलोकन स्तम्भ थपिएको र यो स्तम्भ नेपालकै पर्यटकीय केन्द्र बन्न सक्ने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको भनाइ छ ।

हाल निर्माण भएको दृश्यावलोकन केन्द्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आधा दर्जन उच्च हिमश्रृङ्खला दृश्यावलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ११ : ३० बजे

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर

कांग्रेसले भन्यो- र्‍याप गाएकै शैलीमा सदनमा उपस्थित हुँदा प्रधानमन्त्रीको गरिमा ध्वस्त भयो

काठमाडौ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन