सप्तरीमा ५३ जनामा देखियो कोरोना « Khabarhub

सप्तरीमा ५३ जनामा देखियो कोरोना


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा ५३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३७ जना जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

अघिल्लो दिन मात्र सप्तरीमा ५० जना संक्रमित पुष्टि भएको थियो । जिल्ला प्रहरी कार्यालयका एसपी र डिएसपीमा भदौ २५ गते संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयमा ८५ जनाको परीक्षण गरिएकोमा २ इन्स्पेक्टर, ३ सई ४ असई, ४ हवल्ल्दार र अन्य प्रहरी जवानहरु गरी ३७ जना संक्रमित भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष खडकाले बताए । संक्रमित प्रहरीमध्ये २ प्रहरी महिला छन् ।

सोही प्रहरी कार्यालयमा सरसफाइ गर्ने राजविराज नगरपालिका–६ का १९ वर्षीय पुरुष समेत संक्रमित भएको इन्स्पेक्टर खडकाले बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाका अनुसार अस्पतालमा कार्यरत ३५ वर्षीय डाक्टर, राजविराज नगरपालिका–३ का ४५ वर्षीय अभिवक्ता, राजविराजस्थित भिम दल गणका ३७ वर्षीय नेपाली सेनामा समेत संक्रमण देखिएको छ ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा बिहीबार गरिएको परीक्षणअनुसार प्रहरी, डाक्टर, अभिवक्ता, सेनासहित राजविराज नगरपालिका– ११ का १५, १८ र ३५ वर्षीय तथा तिरहुत गाउँपालिका–२ का २९ वर्षीय पुरुष पनि संक्रमित भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण अनुसार कञ्चनरुप नगरपालिका–६ की ५ र २५ वर्षीया, वडा नम्बर– ८ की ३३ वर्षीया र वडा नम्बर– ९ की २७ र ४१ वर्षीया महिला तथा विष्णुपुर गाउँपालिकाका ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको कञ्चनरुपका सिनियर अहेव डम्बरप्रसाद गुप्ताले बताए ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा बिहीबार नै गरिएको पीसीआर परीक्षणमा महादेवा गाउँपालिकाका ११ वर्षीय र सुरुङ्गा नगरपालिका– २ का ४० वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

सप्तरीमा थप भएका ५३ जना संक्रमितको शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गर्ने तयारी गरेको छ । यो समेत सप्तरीमा संक्रमितको सङ्ख्या १ हजार १४३ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

जसमा १९९ जना महिला छन् । संक्रमितमध्ये १११ महिला र ६३९ पुरुष निको भएर घर फर्किएको तथा १ महिला र ८ पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १२ : १७ बजे

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन्

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण

ट्राफिक कारबाहीबाट १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन २ हजार ५१९ सवारीचालकलाई सवारी