अम्बिकाको ‘हिँड्दा हिँड्दै’ मा पल र सुपुष्पा (भिडियो) « Khabarhub

अम्बिकाको ‘हिँड्दा हिँड्दै’ मा पल र सुपुष्पा (भिडियो)


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अम्बिका शर्माले रचना गरेको गीत ‘हिँड्दा हिँड्दै’ सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत आज (शुक्रवार) सार्वजनिक गरिएको हो ।

गीतमा आफूले मन पराएको मान्छेलाई प्रेमभाव व्यक्त गर्न नसक्दाको परिस्थितिलाई दर्शाउन खोजिएको छ । यस्तै गीतमा सुप्रिया शर्माको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत संयोजन छ ।

गीतकार शर्माले भर्खरै मात्र १६ जना कलाकारको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो देश नेपाल’ सार्वजनिक गरेकी थिइन् । उक्त देशभक्ति गीत दर्शकले रुचाएका छन् ।

यसअघि सार्वजनिक भएका शर्माका ‘किन आजकाल तिम्रो मन मैलो भो’, ‘तिम्रो मायामा हराउन थालेको धेरै भो’, ‘तिम्रो बाहेक अरु को छ र मैले लिने नाउँ’, ‘तिम्रो मायामा’लगायतका गीत दर्शकले रुचाएका छन् ।

त्यस्तै गीतको भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ भने पल शाह र सुपुष्पा भट्टले अभिनय गरेका छन् ।

विकास धमलाको सम्पादन, बुद्ध थापाको छायांकन तथा सुबोल थापाको कोरियोग्राफीमा निर्माण भएको यो म्यूजिक भिडियोमा पुरुषोत्तम सुवेदीको गीत एरेन्ज रहेको छ ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १ : ०७ बजे

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार