चुरोट छोड्न र कृति सेननसँग समय बिताउन चाहन्थे सुशान्त सिंह राजपूत « Khabarhub

चुरोट छोड्न र कृति सेननसँग समय बिताउन चाहन्थे सुशान्त सिंह राजपूत


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – गत जुन १४ मा सुशान्त सिंह राजपूतले मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरे । उनको आत्महत्याले बलिउडमा तरंग ल्याएको छ ।

बलिउडमा नेपोटिज्म (नातावाद), ड्रग्सको कारोबार र गुप्रिजमबारे बहस भइरहेको छ । सीबीआई (केन्द्रीय जाँच ब्यूरो) ले सुशान्तकी प्रेमिकासहित अन्य केहीलाई आरोपी मान्दै अनुसन्धान गरिरहेको छ ।

सुशान्तको केशमा एकपछि अर्को ट्वीस्ट आइरहेको छ । प्रहरीले सुशान्तको आत्महत्याको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

यतिबेला भने दिवंगत सुशान्तले लेखेको एक नोट शेयर भएको छ । जसका अनुसार सुशान्त परिवारका साथ समय बिताउन चाहने लेखिएको छ ।

अप्रिल २०१८ को उक्त नोट एक फार्म हाउसमा भेटिएको जनाइएको छ ।

सुशान्तले कृति सेननसँग समय बिताउन चाहेको र चुरोट छोड्न चाहेको उक्त नोटमा लेखेका छन् । भारतीय मिडियाहरुले उल्लेख गरेअनुसार उक्त नोटमा सुशान्तले आफ्नो दैनिकीका बारेमा पनि लेखेका छन् ।

नोटमा उनले केदारनाथ फिल्मको स्किृप्ट पढ्न चाहेको कुरा पनि लेखेका छन् । सुशान्तले उक्त नोटमा फिजिक्स, आफ्नो सपना र खुशीका बारेमा लेखेका छन् ।

सुशान्त र कृति राम्रा साथी थिए । एक समय यस्तो पनि थियो, यी दुईले डेटिङ गरेको पनि सुन्ने गरिन्थ्यो ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १ : २५ बजे

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले