मजाक गर्दै भारतीय पूर्व क्रिकेटर गावस्करले भने, ‘सन्दीपजस्ता क्षमतावान् खेलाडीलाई भारतबाट खेलाउँदा हुन्छ’ « Khabarhub

मजाक गर्दै भारतीय पूर्व क्रिकेटर गावस्करले भने, ‘सन्दीपजस्ता क्षमतावान् खेलाडीलाई भारतबाट खेलाउँदा हुन्छ’


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका लागि पहिलो विश्वकप उपाधि जिताएका सुनिल गावस्करले नेपाली क्रिकेटर सन्दीप लामिछाने भारतबाट खेलाउन सकिने बताएका छन् ।

बिहीबार एक अन्तरवार्तामा बोल्ने क्रममा उनले नेपाली स्पिनर सन्दीप लामिछानेलाई भारतीय क्रिकेट टीममा लिँदा फरक नपर्ने बताएका हुन् ।

इन्डियप्रिमियर लिग (आईपीएल) का लागि सन्दीप अहिले युनाइटेड अरब इमिरेट्स (युएई) छन् । आईपीएल भोलिदेखि सुरु हुँदैछ ।

गावस्करले दिल्लीको टीममा यो सिजनको उपाधि उचाल्न मद्दत गर्न सक्ने क्षमता भएका स्पिनर रहेको बताएका छन् ।

‘दिल्ली क्यापिटल्ससँग धेरै क्षमता भएका स्पिनर छन् । रविन्द्र अश्विन आफ्नो अनुभवले यहाँसम्म आएका छन् । ती बाहेक लेग स्पिनर सन्दीप लामिछाने छन् । जसले अघिल्लो सिजन राम्रो बलिङ गरेका थिए,’ ७१ वर्षीय पूर्व क्रिकेटर तथा कमेन्टेटर गावस्करले भने ।

यही कुरालाई अगाडि तन्काउँदै उनले मजाकका रुपमा भनेको स्पष्ट पार्दै भनेका छन्, ‘यदि इङ्ग्ल्यान्डले स्कटल्याण्ड र आयरल्यान्डका खेलाडीलाई आफ्नो टिममा राख्न सक्छ भने भारतले किन लामिछानेजस्ता नेपाली खेलाडीलाई टिममा राख्न सक्दैन ? लामिछाने राम्रा बलिङ अलराउण्डर हुन्, उनी भारतीय रङमा सुहाउँछन् । मैले जोकका रुपमा भनेको हुँ तर भविष्यमा यी कुराबारे सोच्नपर्छ ।’

उनले सन्दीपको खुलेर प्रशंसा गरेका छन् । उनले सन्दीपले आईपीएलको तेस्रो सिजन खेलिरहँदा बलिङमा निकै धेरै विविधता ल्याएको बताएका छन् ।

अघिल्लो सिजनमा सन्दीपले आठ खेल खेल्दै १७.२५ को इकोनमी कायम गरेका थिए । सन्दीपले अस्ट्रेलियन बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग जस्ता थुप्रै फेन्चाईजीमा खेलिसकेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ४ : ५४ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको