अनसनको पाँचौ दिन : डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिँदै, अस्पताल जान मानेनन् « Khabarhub

अनसनको पाँचौ दिन : डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिँदै, अस्पताल जान मानेनन्


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द्र केशी ५ दिनअघि देखि जुम्लामा अनसन बसिरहेका छन् ।

१९ औं अनसनको ५ औं दिन शुक्रबारदेखि डा केसीको स्वास्थ्य अवस्था बिग्रिन थालेको डा केसीका सहयोगीहरुले बताएका छन् ।

उनका सहयोगीले डाक्टर केसीको पछिल्लो स्वास्थ्य अवस्थाबारे एक विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

डा केसीलाई कमजोरी, चक्कर लाग्ने, मुटुको चाल बढ्न थालेको, मांसपेसी बाउडिने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, पिसाबको मात्रामा कमी आएको र प्रेसर कम हुँदै गएको जनाइएको छ ।

उनी अनसनमा बसेपछि डाक्टर प्रवीणकुमार गिरी, डाक्टर अनुप मंगल समाल र सनिना थापा लगायतले डा केसीको स्वास्थ्य जाँच गरिरहेको छ ।

डा केसीको रगतमा चीनीको न्यून भइ प्रमूख अंगहरुमा जटिल समस्या देखिन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा रहेको स्वास्थ्य निगरानीमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

५ दिनदेखि विभिन्न माग राख्दै अनसनरत डा केसीले रगत परीक्षण गर्न नमानेको र नशाबाट सलाईन लिन तथा अस्पताल जान नमानेको उनको सहयोगीहरुले बताएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ६ : ५० बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन