रोजगारी गुमाएका नेपाली श्रमिकलाई पुनः कतारमै रोजगारी « Khabarhub

रोजगारी गुमाएका नेपाली श्रमिकलाई पुनः कतारमै रोजगारी



दोहा – कोरोना महामारी लगायत विविध कारणले रोजगारी गुमाएका नेपाली श्रमिकहरुले पुन : कतारमा रोजगारी पाउने भएका छन् ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयद्वारा कतारमा तत्काल बेरोजगार भइ कामको खोजीमा रहेका विशेष गरी अदक्ष र अर्धदक्ष श्रमिकहरुलाई रोजगारी उपलब्ध गराउने जनाएको छ ।

मन्त्रालयले एनसीसी कतारमार्फत नेपाली समुदायमा रहेका बेरोजगारी श्रमिकहरुको विवरण संकलनका लागि अनलाइन फारम जारी गरिएको र कामविहीन भएर बसेका नेपाली श्रमिकलाई सो फारम भर्न अनुरोध गरिएको एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले जानकारी दिए ।

मन्त्रालयका अनुसार यो प्रक्रियामा अवैधानिक रुपमा बसेका श्रमिकहरुले पनि आवेदन दिएर रोजगारी प्राप्त गर्न सक्ने जनाएको छ ।

एनआरएनए कतारले कोरोना लगायत अन्य कारणले रोजगारी गुमेको तथा कामको खोजीमा रहेका नेपालीलाई कतारको प्रशासनिक विकास, श्रम तथा सामािजक मामिला मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको अध्यक्ष मुसलमानले बताए ।

फारम भर्न यहाँ क्लिक गर्नुहोला 

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ९ : १६ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना