रोजगारी गुमाएका नेपाली श्रमिकलाई पुनः कतारमै रोजगारी | Khabarhub Khabarhub

रोजगारी गुमाएका नेपाली श्रमिकलाई पुनः कतारमै रोजगारी



दोहा – कोरोना महामारी लगायत विविध कारणले रोजगारी गुमाएका नेपाली श्रमिकहरुले पुन : कतारमा रोजगारी पाउने भएका छन् ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयद्वारा कतारमा तत्काल बेरोजगार भइ कामको खोजीमा रहेका विशेष गरी अदक्ष र अर्धदक्ष श्रमिकहरुलाई रोजगारी उपलब्ध गराउने जनाएको छ ।

मन्त्रालयले एनसीसी कतारमार्फत नेपाली समुदायमा रहेका बेरोजगारी श्रमिकहरुको विवरण संकलनका लागि अनलाइन फारम जारी गरिएको र कामविहीन भएर बसेका नेपाली श्रमिकलाई सो फारम भर्न अनुरोध गरिएको एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले जानकारी दिए ।

मन्त्रालयका अनुसार यो प्रक्रियामा अवैधानिक रुपमा बसेका श्रमिकहरुले पनि आवेदन दिएर रोजगारी प्राप्त गर्न सक्ने जनाएको छ ।

एनआरएनए कतारले कोरोना लगायत अन्य कारणले रोजगारी गुमेको तथा कामको खोजीमा रहेका नेपालीलाई कतारको प्रशासनिक विकास, श्रम तथा सामािजक मामिला मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको अध्यक्ष मुसलमानले बताए ।

फारम भर्न यहाँ क्लिक गर्नुहोला 

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ९ : १६ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न