संविधान दिवसको अवसरमा ओमानस्थित नेपाली दूतावासद्वारा भर्चुअल अन्तर्क्रिया « Khabarhub

संविधान दिवसको अवसरमा ओमानस्थित नेपाली दूतावासद्वारा भर्चुअल अन्तर्क्रिया

नेपाली गायिका खत्रीले गाइन ओमानी गीत



दोहा- ओमानस्थित नेपाली दूतावासले नेपालको पाचौँ संविधान दिवसका अवसरमा समाजसेवी, नेपाली कलाकारलगायतसँग भर्चुअल अन्तर्क्रिया गरेको छ ।

कार्यक्रमका सहभागीहरूले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यस संविधानले सम्पूर्ण नेपालीहरूको आत्मसम्मान तथा भावनाको सम्बोधन गरेको विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपालबाट सहभागी कलाकारहरूले संविधानलाई केन्द्रमा राखेर मन्तव्य तथा आ-आफ्नो प्रस्तुति दिएको ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले जानकारी दिइन् ।

कार्यक्रमको शुरुमा सम्बोधन गर्दै हास्य कलाकार मदन कृष्ण श्रेष्ठले संविधानको भावना बमोजिम काम गर्दै अगाडि बढ्न सकेमा नेपालीहरूले चाहेको समृद्ध नेपालको लक्ष्य चाँडै प्राप्त हुने धारणा राखेका थिए ।

कार्यक्रममा वरिष्ठ हास्यव्यंगकार लक्ष्मण गाम्नागे र चर्चित कलाकार जीतु नेपालले आफ्नो प्रस्तुतिमार्फत संविधान दिवस एवम् राष्ट्रिय दिवसको शुभकामना सन्देश दिएका थिए ।

दूतावासका द्बितीय सचिव सोमेश थापाले संयोजन गरेको उक्त कार्यक्रममा राजदूत पराजुली ढकालले संविधान दिवस तथा राष्ट्रिय दिवसको सन्दर्भमा सम्पूर्ण नेपालीहरूलाई शुभकामना तथा अतिथिहरूलाई समयको लागि विशेष धन्यवाद दिइन् ।

सो कार्यक्रममा ओमानी गायक हाइथम मोहम्मद रफिकले नेपाली गीत गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएकी थिइन भने नेपाली गायिका सरस्वती खत्रीले ओमानी गित गाएर ओमानप्रतिको सम्मान व्यक्त गरेकी थिइन् ।

ओमान तथा नेपालको राष्ट्रिय गानबाट शुरू भएको उक्त कार्यक्रममा नेपालबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, हास्य कलाकार जीतु नेपाल, सुर सुधा सांगीतिक समूहकी कलाकार सरस्वती खत्री, क्षमता विकास समाज नेपालकी कार्यकारी निर्देशक निर्मला ज्ञवालीको सहभागिता रहेको थियो ।

यसैगरी, सामाजिक अभियन्ता निगम हुमागाईँ र ओमानबाट नेपाल भ्रमण वर्ष २०२० का सद्‍भावना दूतहरू गायक हाइथम मोहम्मद रफी, सगरमाथा आरोही पहिलो ओमानी महिला नादिरा अल हार्थी तथा समाजसेवी डा. चिथ्रा नारायण लगायत एनआरएनएका प्रवक्ता डिबी क्षेत्री एवं नेपाली सोसल क्लब ओमानका अध्यक्ष सेवन्त पुर्जा र ओमानस्थित विभिन्न नेपाली संघ संस्थाका पदाधिकारीहरुले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : ०५ बजे

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी