न्यून चापीय रेखाको प्रभाव कायमै, लमजुङमा ‘अति भारी’ वर्षापछि सतर्क रहन आह्वान « Khabarhub

न्यून चापीय रेखाको प्रभाव कायमै, लमजुङमा ‘अति भारी’ वर्षापछि सतर्क रहन आह्वान


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले गण्डकी र प्रदेश ५ का अधिकाश स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले देशभर सामान्यतया बदली रही गण्डकी र प्रदेश ५ मा मध्यम स्तरको वर्षा भइरहेको छ । अरू प्रदेशका पनि केही स्थानमा सामान्य वर्षा भएको छ ।

लमजुङमा भने ५ घण्टादेखि भारी वर्षा भएकाले सतर्क रहन आह्वान गरिएको छ । नेपाल बाढी सूचना केन्द्रले बिहान ६ बजे जारी गरेको सूचनाअनुसार लमजुङको बेसिशहर, खुदीबजार लगायतका स्थानमा निकै ठूलो वर्षा भएकाले ती क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आह्वान गरेको छ ।

आज दिउँसो केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ८ : ०० बजे

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम