नेम्वाङको समन्वयमा इलाम अस्पतालमा भेन्टिलेटर « Khabarhub

नेम्वाङको समन्वयमा इलाम अस्पतालमा भेन्टिलेटर


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपनेता सुवास नेम्वाङको समन्वयमा इलाम अस्पतालमा दुईटा भेन्टिलेटर जडान गरिएको छ ।

भेन्टिलेटरको अभावमा अन्य अस्पतालमा बिरामी रेफर गर्नुपर्ने बाध्यता अब हट्ने अपेक्षा गरिएको छ ।

पूर्वी पहाडी जिल्लामा नै भेन्टिलेटर भएका अस्पताल यस क्षेत्रका बासिन्दाले सास्ती खेप्नु परेको थियो । नेम्वाङमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा यसको विषय पुर्‍याएपछि भेन्टिलेटर उपलब्ध गराइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इलाम अस्पताललाई दुई थान भेन्टिलेटर र दुई थान फोटो थेरापी मेसिन प्रदान गरेको हो ।  भेन्टिलेटर उपलब्ध भए पनि तत्काल सेवा दिने अवस्था छैन ।

दक्ष जनशक्ति अभाव भएकाले केही महीनापछि मात्र सञ्चालन हुने अस्पतालका प्रमुख एवम् जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले जानकारी दिए ।

अहिले इलाम अस्पतालमा नौ विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि ३ जनामात्रै कार्यरत छन् । निकै गम्भीर अवस्थाका बिरामीलाई श्वासप्रश्वास सेवा सञ्चालन सहज बनाउन भेन्टिलेटर र नवजात शिशुको जन्डिस वा अन्य रोग उपचारका लागि फोटो थेरापी मेसिन आवश्यक पर्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ७ : ३५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन