जर्मन बुण्डेस लिगा : हालाण्डको उत्कृष्ट प्रदर्शनमा बोरूसियाको जित « Khabarhub

जर्मन बुण्डेस लिगा : हालाण्डको उत्कृष्ट प्रदर्शनमा बोरूसियाको जित


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अर्लिङ हालाण्डले उत्कृष्ट प्रदर्शन गर्दा बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगा फुटबलमा सहज जित निकालेको छ ।

शनिबार राति भएको सिजनको पहिलो खेलमा बोरुसिया मुन्छेनग्लाडबाखलाई ३-० गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद सुरुवात गरेको हो ।

घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । यस्तै जियोभानी रेइनाले एक गोल गरे ।

खेलको ३५औं मिनेटमा जियोभानीको गोलबाट डर्टमण्डले अग्रता बनाएको थियो । ५४औं मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दै डर्टमण्डको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ७७औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै डर्टमण्डले सिजनको सुखद सुरुवात गरेको छ । पहिलो खेलमै डर्टमण्डले महत्वपूर्ण ३ अंक जोडेको छ । डर्टमण्ड तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ५ : ५८ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट