न्यून चापीय रेखाको प्रभावले आज पनि केही स्थानमा हल्का वर्षाको पूर्वानुमान   « Khabarhub

न्यून चापीय रेखाको प्रभावले आज पनि केही स्थानमा हल्का वर्षाको पूर्वानुमान  


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले आज पनि मुलुकका विभिन्न स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिक बदली भएको छ ।

आज दिउँसो मुलुकभर आंशिक बदली भई देशभर हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ ।

मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले सोमबार मंगलबार भने मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ६ : ५५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका