अमेरिकी नागरिकको डाटा सुरक्षित भएपछि टिकटक सञ्चालन गर्न दिइएको ट्रम्पको प्रष्टोक्ति | Khabarhub Khabarhub

अमेरिकी नागरिकको डाटा सुरक्षित भएपछि टिकटक सञ्चालन गर्न दिइएको ट्रम्पको प्रष्टोक्ति


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले चिनियाँ स्वामित्वको एप्लिकेशन टिकटकलाई सञ्चालनको निरन्तरता दिएको छ ।

अमेरिकी नागरिकको डाटा सुरक्षित भएपछि टिकटक सञ्चालनमा निरन्तरता दिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

अमेरिकामा टिकटकको सञ्चालन अधिकारका सम्बन्धमा चिनियाँ कम्पनी बाइटडान्ससँग अमेरिकी कम्पनीहरु ओरेकल र वालमार्टले  सम्झौता गरेका थिए । उक्त सम्झौताले नागरिकको डाटा सुरक्षित भएको ठानेर आफूले सहमति प्रदान गरेको ट्रम्पले बताएका छन्।

ट्रम्पले राष्ट्रिय सुरक्षामा खतरा पैदा भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएका थिए। टिकटकले प्रयोगकर्ताको सूचना चीन सरकारलाई दिएको ट्रम्प प्रशासनको आरोप थियो । तर, टिकटकले सो आरोप अस्वीकार गर्दै आएको छ।

शनिबार बाइटडान्स र ओरेकल तथा वालमार्टबीच भएको सम्झौताले झण्डै १०० मिलियन अमेरिकी प्रयोगकर्ताको जानकारी सुरक्षित रहने निश्चित भएको ट्रम्पले बताएको बीबीसीले जनाएको छ।

एक दिनअघि अमेरिकाले टिकटक तथा वीच्याटको डाउनलोडमा प्रतिबन्ध गरिएको थियो ।

 

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ९ : १६ बजे

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्