आईपीएलमा दिल्ली र पञ्जाब भिड्दै « Khabarhub

आईपीएलमा दिल्ली र पञ्जाब भिड्दै


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को दोस्रो खेलमा अहिले दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा सुरु भएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जिलेको पञ्जावले फिल्डिङ रोजेपछि दिल्लीले बलिङ गरिरहेको छ ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीलाई अनुभवी स्पिनरका कारण बलियो मानिएको छ । दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर रहेका छन् ।

सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) सकेर आईपीएल खेल्न दुबई पुगेका हुन् । उनी दिल्लीको प्रशिक्षणमा समेत सहभागी बनेका छन् । सन्दीप प्लेइङ सेटमा बनाउने स्थान र उनको प्रर्दशनमा नेपाली खेल प्रशंसकको खास नजर रहनेछ ।

किंग्स इलेभेन पञ्जाबलाई अनिल कुंबलले नेतृत्व गर्नेछन् भने दिल्ली क्यापिटल्स रिकी पोन्टिङ्गको योजनामा मैदान उत्रनेछ । दुवै टिममा ठुला सट खेल्ने खेलाडीको कमी छैन तर दिल्लीका स्पिनर युएईको मैदानमा भारी पर्ने आँकलन छ ।

दिल्लीको ब्याटिङ्ग लाइनमा युवा स्टार पृथ्वी शा सहित ऋषभ पन्त, शिखर धवन सहित वेस्ट इन्डिजका सिमरन हेटमेयर सामेल हुनेछन् । पञ्जाबमा क्रिस गेल सहित ग्लेन म्याक्सवेल जस्ता ठुला सट प्रहार गर्ने खेलाडी रहेका छन् ।

उद्घाटन खेलमा चेन्नेइ सुपर किङ्ग्सले मुम्बइ इन्डियन्सलाई हराउँदै विजयी सुरुवात गरेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ७ : ५८ बजे

उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी नगरपालिका–४ बसाहामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

एनपीएलः सर्वाधिक विकेट लिनेको सूचीमा अविनास अगाडि बढ्दा पछाडि परे सन्दीप

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सर्वाधिक विकेट लिने खेलाडीको

कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा

पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमै

पर्वत– पर्यटन तथा उद्योग कार्यालयले प्राविधिक र कर्मचारीको उपस्थितिमा निर्माण

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको