दिनेश सञ्चार गृहमा आक्रमण गर्ने मेयरका भतिज पक्राउ « Khabarhub

दिनेश सञ्चार गृहमा आक्रमण गर्ने मेयरका भतिज पक्राउ


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनगढीस्थित दिनेश सञ्चार गृहमा आक्रमण गर्ने गिरोहका नाइके पक्राउ परेका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का जीवन भनिने समीर विक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टका अनुसार बिकलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को ढुङ्गे बजारबाट पक्राउ गरिएको हो। उनी धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडका भतिजा हुन्।

विकले नै गत भदौँ २६ गते दिनेश सञ्चार गृहमा आक्रमण गर्ने समूहको नेतृत्व गरेका थिए।

धनगढी ५ का १९ वर्षीय युवक रोशन विकको जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएपछि भदौँ २६ गते युवाहरुको समूह नाराबाजी गर्दै सेती प्रादेशिक अस्पताल पुगेको थियो।

सेती अस्पतालबाटै विक नेतृत्वको उत्तेजित युवाहरुको समूह समाचार लेखेको भन्दै दिनेश सञ्चार गृहमा पुगेको थियो।

समाचार हटाउन दबाब दिन पुगेका विकले ‘यिनीहरुलाई डोज पुगेको छैन्, अब थाहा हुन्छ।’भन्ने कुरा बोलेको उनैले फेसबुक लाइभ गरेको भिडियोमा सुन्न सकिन्छ।

पत्रकार माथि भएको हातपात तथा सञ्चारगृहमा भएको आक्रमणको नेपाल पत्रकार महासंघ लगायतका संघसंस्थाले विरोध जनाएका छन्। घटना भएको १० औं दिनमा उनी पक्राउ परेका हुन।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : १५ बजे

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

इरान–अमेरिका सम्झौताप्रति गालिबफको प्रतिक्रिया : ‘यो अमेरिकाको पराजय हो’

एजेन्सी– मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच