रोनाल्डोको गोलमा इटालियन सिरी 'ए' मा युभेन्टसको विजयी सुरूवात | Khabarhub Khabarhub

रोनाल्डोको गोलमा इटालियन सिरी ‘ए’ मा युभेन्टसको विजयी सुरूवात


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  इटालियन सिरी ‘ए’ मा साविक विजेता युभेन्टसले विजयी सुरूवात गरेको छ ।

घरेलु मैदानमा साम्पडोरियामाथि ३–० को सहज जित निकाल्दै युभेन्टसले विजयी सुरुवात गरेको हो ।

यससँगै नयाँ प्रशिक्षक आन्द्रे पिर्लोले पनि सिरी ‘ए’ मा सुखद सुरुवात गरेका छन् । आफ्नो प्रशिक्षणमा पिर्लोले पहिलो सफलता हात पारेका हुन् ।

एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको खेलमा युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, लियोनार्दा बोनुची र स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरे ।

पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । खेलको सुरुवातदेखि नै बल पोजेसनमा पकड बनाएको युभेन्टसले १३औं मिनेटमा गोलको खाता खोलेको थियो ।

पेनाल्टी बक्समा दुई डिफेन्डरलाई बिट गर्दै रोनाल्डोले बल अघि बढाउने प्रयास गरेपनि फुस्किएको बललाई डिजानले उत्कृष्ट फिनिस गरेका थिए ।

युभेन्टसले ७९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । कुलुसेभ्स्सीको कर्नरबाट आएको बललाई साम्पडोरियाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई वेस्टन म्याकिनीले गरेको प्रहारलाई गोलरक्षक इमिल ओउडेरोले बचाए । तर, रिबाउन्डमा क्लोज रेन्जबाट लियोनार्दो बोनुचीले गोल गर्न सफल भएका थिए ।

खेलको ८८औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : ४९ बजे

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो

नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’ अफर

काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान

गाजा सहर छोड्न नयाँ सुरक्षित मार्ग खुला : इजरायली सेना

एजेन्सी– इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसहरूलाई भाग्न दिनका लागि

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा बालियो दीप

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको