साउदीमा आइतबार अहिलेसम्मकै कम संक्रमित, ५ महिनामा ५२ नेपालीको मृत्यु « Khabarhub

साउदीमा आइतबार अहिलेसम्मकै कम संक्रमित, ५ महिनामा ५२ नेपालीको मृत्यु



दोहा- साउदी अरबमा केही दिनयता कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित हुनेको सङ्ख्या घट्दै जान थालेको छ ।

दैनिक ५ हजारसम्म सङ्क्रमितको भएको साउदीमा केही दिनयता संक्रमण दर घट्दै गएको हो ।

शनिबार ५५१ जनामा संक्रमण देखिएकोमा आइतबार नयाँ संक्रमितको संख्या ६८ ले कम भएको छ । अर्थात् आइतबार ४८३ जनामा मात्रै संक्रमण देखिएको छ ।

यो सङ्ख्या ५ महिना यताकै सबैभन्दा न्यून रहेको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने २७ जनाको मृत्यु भएको जनाएको छ ।

साउदीमा अहिलेसम्म कोरोना संक्रमित ३ लाख २९ हजार ७ सय ५४ जना पुगेका छ ।

अहिलेसम्म उपचारपछि घर फर्किनेको सङ्ख्या ३ लाख १० हजार ४ सय ३९ जना रहेको मन्त्रालयले जनाएको छ ।

साउदीमा आइतबारसम्म कोरोना संक्रमणबाट ४ हजार ४ सय ८५ जनाले मृत्यु भएको छ । यसमध्ये ५२ जना नेपालीको कोरोना संक्रमणले मृत्यु भएको साउदी अरबका लागि नेपाली राजदूत डा.महेन्द्रसिंह राजपुतले जानकारी दिए ।

साउदीले सुरुवाको केहि समय नेपाली दूतावासको आग्रहमा सङ्क्रमित नेपालीको सङ्ख्या उपलब्ध गराए पनि पछिल्लो समयमा आएर सङ्क्रमितको राष्ट्रियतबारे खुलाएको छैन ।

यसै कारण साउदी अरबमा के कति नेपाली कोरोनाबाट संक्रमित छन् भन्नेबारे नेपाली दूतावाससंग पनि तथ्याङक छैन ।

यद्यपि धेरै नेपालीहरु अहिले निको भएर नियमित काममा फर्किसकेको दूतावासले जनाएको छ । साउदी सरकारले आगामी १ जनवरीदेखि कोरोना भाइरसका कारण लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १ : ४२ बजे

नेपालको पुँजी बजार विकास मार्गचित्र : सन् २०३६ सम्म दक्षिण एशियाकै अग्रणी बजार बनाउने महत्वकांक्षी लक्ष्य

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं– स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त

अमेरिकी आक्रमण नरोकिएसम्म हर्मुज जलमार्ग नखुल्ने इरानको चेतावनी

एजेन्सी– इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’

उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति

फुङ्लिङ– फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

मान्म– कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक