वामदेवलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णयविरुद्ध रिट, सुनुवाइ बुधबार « Khabarhub

वामदेवलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णयविरुद्ध रिट, सुनुवाइ बुधबार


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार रिट दायर गरेका हुन् । उनले रिटमा गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषदको र मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गरेका छन् ।

गौतम भदौ २९ गते राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए । त्रिपाठीले गौतमको नियुक्तिले संविधानको उल्लंघन हुने र संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्ने जिकिर गर्दै रिटको अन्तिम टुङ्गो नलागेसम्म गौतमलाई राष्ट्रियसभा सदस्यको हैसियतले काम गर्न नदिन माग गरेका छन् ।

रिटमा उनलाई मन्त्रिपरिषदमा सामेल नगर्न अन्तरिम आदेश पनि मागेका छन् । त्रिपाठीले राष्ट्रियसभामा मनोनीत हुने आधार, योग्यता र सक्षमतासम्बन्धी मापदण्ड जारी गर्न पनि माग गरेका छन् ।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रियसभा सचिवालय, नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतमलाई विपक्षी बनाइएको छ ।

संविधानको धारा ७८ (४) मा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको व्यक्ति उक्त प्रतिनिधिसभाको कार्यकालभर मन्त्री नियुक्त हुन नसक्ने व्यवस्था छ ।

रिटमा यही असोज ७ गते, बुधबार सुनुवाइ हुने भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ४ : ४६ बजे

सञ्चार क्षेत्र व्यवस्थित गर्न बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस