मन्त्री हेरफेरको विषयमा ओली र प्रचण्डबीच थप छलफल « Khabarhub

मन्त्री हेरफेरको विषयमा ओली र प्रचण्डबीच थप छलफल


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

यसअघि आज हुने भनिएको सचिवालय बैठक आन्तरिक परामर्श नपुगेको भन्दै भोलि मंगलवारसम्मका लागि स्थगित गरिएको थियो । यसैबीच अध्यक्षद्वयबीच भोलिको सचिवालय बैठकमा हुने बिषयका बारेमा प्रचण्ड र ओलीबीच छलफल भएको हो ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले ओली नेतृत्वको सरकारको मन्त्रीपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो । यो निर्णयपछि ओली र दाहाल थप गृहकार्यमा जुटेका हुन् ।

आइतबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा अन्य राजनीतिक नियुक्ति लगायतका विषयमा छलफल भएको थियो ।

उक्त बैठकले मन्त्रिपरिषद् पुनर्गठनको बिषयलाई स्थायी कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो ।

आइतबारको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे ३ विकल्पका विषयमा छलफल भएको थियो । बैठकमा सबै मन्त्रीहरु फेर्ने, सुरुमा मन्त्री भएका सबैलाई हटाउने या केही मन्त्रिलाई हटाएर केहीलाई ल्याउने विकल्पमा छलफल भएको थियो ।

यस विषयमा ओली र प्रचण्डबीच थप छलफल भएको र दुईबीच सबै मन्त्री हेरेफेर नगर्नेबारे सहमति जुटेको छ । स्रोतका अनुसार कार्यक्षमताका आधारमा कमजोर मानिएका मन्त्रीहरूलाई हटाउनेबारे छलफल भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : ३३ बजे

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५