मन्त्री हेरफेरको विषयमा ओली र प्रचण्डबीच थप छलफल « Khabarhub

मन्त्री हेरफेरको विषयमा ओली र प्रचण्डबीच थप छलफल


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

यसअघि आज हुने भनिएको सचिवालय बैठक आन्तरिक परामर्श नपुगेको भन्दै भोलि मंगलवारसम्मका लागि स्थगित गरिएको थियो । यसैबीच अध्यक्षद्वयबीच भोलिको सचिवालय बैठकमा हुने बिषयका बारेमा प्रचण्ड र ओलीबीच छलफल भएको हो ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले ओली नेतृत्वको सरकारको मन्त्रीपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो । यो निर्णयपछि ओली र दाहाल थप गृहकार्यमा जुटेका हुन् ।

आइतबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा अन्य राजनीतिक नियुक्ति लगायतका विषयमा छलफल भएको थियो ।

उक्त बैठकले मन्त्रिपरिषद् पुनर्गठनको बिषयलाई स्थायी कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो ।

आइतबारको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे ३ विकल्पका विषयमा छलफल भएको थियो । बैठकमा सबै मन्त्रीहरु फेर्ने, सुरुमा मन्त्री भएका सबैलाई हटाउने या केही मन्त्रिलाई हटाएर केहीलाई ल्याउने विकल्पमा छलफल भएको थियो ।

यस विषयमा ओली र प्रचण्डबीच थप छलफल भएको र दुईबीच सबै मन्त्री हेरेफेर नगर्नेबारे सहमति जुटेको छ । स्रोतका अनुसार कार्यक्षमताका आधारमा कमजोर मानिएका मन्त्रीहरूलाई हटाउनेबारे छलफल भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : ३३ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग