प्रदेश न. १ मा थपिए १ सय १९ जना कोरोना सङ्क्रमित « Khabarhub

प्रदेश न. १ मा थपिए १ सय १९ जना कोरोना सङ्क्रमित


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश न.१ मा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ, सुनसरी र झापाका एक एक महिला छन् । यस प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी, सोही अवधिमा प्रदेशमा ११९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् जसमा ५३ महिला र ६६ पुरुष छन् । सङ्क्रमितमा मोरङमा १०५, सुनसरीमा नौ, झापामा दुई, उदयपुर, संखुवासभा र प्रदेश बाहिरका एकएक जना छन् ।

मन्त्रालयका अनुसार विराटनगरमा पछिल्लो २४ घण्टामा ९७ जना सङक्रमित भएका छन् । सोमध्ये ४३ महिला र ५४ पुरुष छन् ।

प्रदेशमा हालसम्ममा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या पाँच हजार ६९३ पुगेको छ भने अहिलेसम्ममा दुई हजार ५५२ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा ९७६ जना सहित हालसम्ममा एक लाख १६ हजार ५५२ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : १३ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका