राप्रपाको चुनाव चिह्न हलो कायम « Khabarhub

राप्रपाको चुनाव चिह्न हलो कायम


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीमा चुनाव चिह्नसम्बन्धी विवाद सुल्झिएको छ । राप्रपा र राप्रपा(संयुक्त)बीच एकीकरण भए पनि निर्वाचन चिह्नबारे सहमति हुन नसक्दा एकता नै धरापमा पर्न सक्ने स्थिति पैदा भएको थियो ।

सहमतिअनुसार चुनाव चिह्न हलोमा सहमति जुटेको छ । त्यसैगरी एकीकृत पार्टीमा ३ जना अध्यक्ष रहने सहमति भएको छ । विवाद सल्झिएपछि सो पार्टी मंगलबार निर्वाचन आयोगमा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ नाममा नयाँ दलका रुपमा दर्ता हुने भएको छ ।

राप्रपामा अब कमल थापा र पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी तीनैजना अध्यक्ष रहनेछन् । हाललाई ३२७ सदस्यीय कार्यसमिति रहने भएको छ ।

सुरुमा राप्रपा को चुनाव चिह्न हलो नै थियो । कमल थापाले नयाँ दल राप्रपा नेपाल गठन गरेर चुनाव चिह्न गाई राखेका थिए । बीचमा एकपटक एकीकरण हुँदा गाईलाई नै चुनाव चिह्न राखिएको थियो ।

चुनाव चिह्न हलो राख्नुपर्ने अडान राख्दा थापाले नमानेपछि लोहनी र राणाले छुट्टाछुट्टै दल गठन गरेका थिए । अहिले एकीकरणपछि राप्रपाको चुनाव चिह्न पुरानै हलो कायम भएको छ ।

पार्टीको झण्डामा भने गाई रहनेछ । ०७८ वैशाख अन्तिम साता महाधिवेशन गर्ने पनि सहमति भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : ५८ बजे

सञ्चार क्षेत्र व्यवस्थित गर्न बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस