राप्रपाको चुनाव चिह्न हलो कायम | Khabarhub Khabarhub

राप्रपाको चुनाव चिह्न हलो कायम


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीमा चुनाव चिह्नसम्बन्धी विवाद सुल्झिएको छ । राप्रपा र राप्रपा(संयुक्त)बीच एकीकरण भए पनि निर्वाचन चिह्नबारे सहमति हुन नसक्दा एकता नै धरापमा पर्न सक्ने स्थिति पैदा भएको थियो ।

सहमतिअनुसार चुनाव चिह्न हलोमा सहमति जुटेको छ । त्यसैगरी एकीकृत पार्टीमा ३ जना अध्यक्ष रहने सहमति भएको छ । विवाद सल्झिएपछि सो पार्टी मंगलबार निर्वाचन आयोगमा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ नाममा नयाँ दलका रुपमा दर्ता हुने भएको छ ।

राप्रपामा अब कमल थापा र पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी तीनैजना अध्यक्ष रहनेछन् । हाललाई ३२७ सदस्यीय कार्यसमिति रहने भएको छ ।

सुरुमा राप्रपा को चुनाव चिह्न हलो नै थियो । कमल थापाले नयाँ दल राप्रपा नेपाल गठन गरेर चुनाव चिह्न गाई राखेका थिए । बीचमा एकपटक एकीकरण हुँदा गाईलाई नै चुनाव चिह्न राखिएको थियो ।

चुनाव चिह्न हलो राख्नुपर्ने अडान राख्दा थापाले नमानेपछि लोहनी र राणाले छुट्टाछुट्टै दल गठन गरेका थिए । अहिले एकीकरणपछि राप्रपाको चुनाव चिह्न पुरानै हलो कायम भएको छ ।

पार्टीको झण्डामा भने गाई रहनेछ । ०७८ वैशाख अन्तिम साता महाधिवेशन गर्ने पनि सहमति भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : ५८ बजे

पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु

काठमाडौं– विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी

‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’

गुल्मी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूले आफ्नो पार्टी चुनावविरोधी नभएको

दलहरूबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?

काठमाडौं– जेन-जी आन्दोलनपछिको राजनीति परिस्थिति र आमनिर्वाचन घोषणा भएसँगै पछिल्लो

जेन-जी युवाहरूको माग पुरा गर्नुपर्छ : एमाले उपाध्यक्ष बराल

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले संसद् पुनर्स्थापना गरि जेन-जी

जेन-जी आन्दोलनमा भएको दमनको जिम्मा ओलीले लिनुपर्छ : भीम रावल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जेन–जी आन्दोलनको