श्रीमती जिस्काएको निहुँमा सुनसरीमा एक वृद्धमाथि खुकुरी प्रहार « Khabarhub

श्रीमती जिस्काएको निहुँमा सुनसरीमा एक वृद्धमाथि खुकुरी प्रहार


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीको इनरुवामा आफ्नी श्रीमतीलाई जिस्क्याएको भन्दै एक पुरुषले वृद्धमाथि खुकुरी प्रहार गरेका छन्।

प्रहरीका अनुसार इनरुवा नगरपालिका–८ का बलबहादुर खड्काले छिमेकी ६५ वर्षिय चन्द्रबहादुर कोइराला श्रीमतीलाई जिस्काएको भन्दै खुकुरी प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाकाअनुसार खड्काले कोइरालामाथि खुकुरी प्रहार गरेको अनुसन्धानको क्रममा खुलेको छ।

खड्काले वृद्धको हर्कतबाट आजित भएर उनीमाथि खुकुरी प्रहार गरेको बयान प्रहरीसमक्ष दिएका छन्।

सो क्रममा वृद्धकी पत्नी भगवती कोइराला समेत घाइते भएकी छिन्। दुवैको शरीरका विभिन्न अंगमा खुकुरीको चोट लागेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  २ : ०९ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्