कतारबाट २ सय ९४ नेपाली स्वदेश फर्किए « Khabarhub

कतारबाट २ सय ९४ नेपाली स्वदेश फर्किए



दोहा – कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकमध्ये २ सय ९४ जना नेपाली स्वदेश फर्किएका छन् ।

दोहास्थित नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमार्फत ४१औं र ४२औं उडानबाट २९४ जना नेपाली मंगलवार स्वदेश फर्किएका हुन् ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत १३९ जना र हिमालयन एयरलाइन्सको ९५६३२ उडानबाट १५५ स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रवीण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेका नेपालीहरूको यात्राको समन्वय, सहजीकरण तथा बिदाइका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

दूतावासका अनुसार सेप्टेम्बर २६, २७, २९ र ३० तारिखका लागि उडान तय भएको जनाएको छ । सेप्टेम्बर २४ र २५ तारिखमा पनि उडान गर्ने तालिका दूतावासले यसअघि नै सार्वजनिक गरेको थियो ।

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजका अनुसार अहिलेसम्म कतारबाट ७ हजार भन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् भने अझै १७ हजारभन्दा बढी नेपाली उद्धारको पर्खाइमा रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ७ : १७ बजे

कटुवा पेस्तोलसहित एक युवा पक्राउ

तनहुँ– आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई

पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास 

काठमाडौं– उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्

शेखरको प्रश्न : लुटिएका हतियार, भागेका कैदी बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी