लुइस स्वारेजले बार्सिलोना छाड्ने पक्का | Khabarhub Khabarhub

लुइस स्वारेजले बार्सिलोना छाड्ने पक्का


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बार्सिलोनाका महत्वपूर्ण खेलाडी लुइस स्वारेजले बार्सिलोना छाड्ने पक्का भएको छ ।

बार्सिलोनाले क्लव छाड्ने स्वीकृति दिएसँगै उनी स्पेनिस ला लिगा टिम एथ्लेटिको मड्रिड जाने भएका छन् ।

बार्सिलोनाले उनलाई स्वतन्त्र मूल्यमा जान दिएको हो । ६ वर्ष बार्सिलोनामा रहेका उनले २८३ खेलमा १९८ गोल गरेका छन् ।

पासपोर्ट सम्बन्धी समस्याका कारण इटालियन सिरी ए क्लब युभेन्टससँगको सम्झौता प्रयास असफल भएपछि स्वारेज पारिश्रमिक घटाएर एथ्लेटिकोमा जान तयार भएका हुन् ।

एथ्लेटिकोले स्वारेजका लागि बार्सिलोनालाई चार मिलियन युरो मात्रै तिर्ने छ । यस्तै स्वारेजले बार्सिलोनामा वार्षिक ३० मिलियन युरो पारिश्रमिक पाउने गरेकोमा एथ्लेटिकोमा त्यसको आधा पाउने छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : ३६ बजे

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो

नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’ अफर

काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान

गाजा सहर छोड्न नयाँ सुरक्षित मार्ग खुला : इजरायली सेना

एजेन्सी– इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसहरूलाई भाग्न दिनका लागि

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा बालियो दीप

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको

मुस्ताङको चराङमा ‘चार्जिङ स्टेसन’

मुस्ताङ– जोमसोम–कोरला राजमार्ग सडकअन्तर्गत उपल्लो मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना