नियमित उडान हुने निर्णयले खाडीका नेपालीमा छायो खुसी « Khabarhub

नियमित उडान हुने निर्णयले खाडीका नेपालीमा छायो खुसी



दोहा— नेपाल सरकारले १ अक्टोबर अर्थात असोज १५ देखि कतार, साउदी अरब र कुवेतबाट पनि नियमित उडान गर्ने भएपछि प्रवासी नेपालीहरूले खुसी प्रकट गरेका छन् ।

स्वदेश फिर्तीको पर्खाइमा बसेका नेपालीहरूले सामाजिक सञ्जालमा खुसीको कुरा लेखेका हुन् । कतिपयले सरकारले ढिलो गरेकोमा आक्रोश प्रकट गरे पनि घर फर्किन पाउने भएकोमा सन्तोष प्रकट गरेका छन् ।

गजेन्द्र हर्मेल सामाजिक सञ्जालमा लेख्छन्, ‘हामी खाडी मुलुकमा विभिन्न कारणले स्वदेश फर्कनु पर्नेहरूको हकमा ढिलै भए पनि नेपाल सरकारले राम्रो निर्णय गरेको छ खुशी लाग्यो, अब स्वदेश फिर्तिको लागि टिकट पनि अलिक सस्तोदरमा उपलब्ध गराइयोस् ।’

यस्तै, कतारबाट संखुवासभाका केदार जोगी लेख्छन्, ‘आशा छ, महिनौँदेखि बेरोजगार, अभाव कष्ट तथा परिवारसँगको विछोडको पिडाले बिरानो भूमिमा छटपटाइरहेका नेपाली जनको ढिलै भए पनि नेपाल फर्किने सपना पूरा हुने छ, खुशी लाग्यो ।’

साउदी अरबबाट दीपक आले लेख्छन, ‘रेगुलर उडान भनेर पैसा अहिले जति नै त लिने होला नि ? तर, जे होस् ढिलै भए पनि धेरै घर जान पाउँछन्, त्यो नै खुशी मानौँ साथीहरू ।’

कतारबाट सुनसरीका वीरेन्द्र लिम्बू लेख्छन्, ‘नेपाल सरकारले ढिलै भए पनि सही निर्णय गरेको छ, अब कतारबाट म लगायत धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई स्वदेश फर्किन सहज हुने अपेक्षा राखेको छु ।’

यस्तै कुवेत लगाय नियमित उडान सुरु भएका अन्य देशहरूबाट पनि नेपाल सरकारले गरेको यो निर्णयले लामो समयदेखि स्वदेश फिर्तिको पर्खाइमा रहेका हजारौँ नेपालीहरूले सरकारलाई धन्यवाद दिएका छन् ।

कतिपयले सरकारले यसअघि नै चार्टर्ड उडानमार्फत राम्रो आम्दानी गरिसकेको र त्यसपछि मात्र नियमित उडान खोलेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पनि पोखेका छन् ।

सेप्टेम्बरका लागि तय गरिएको तालिकाअनुसार अहिले उडान भइरहेको छ । अब नयाँ उडान तालिकाअनुसार कतारबाट नेपाल एअरलाइन्सका न्यारोबडी, वाइडबडी जहाज र हिमालय एअरलाइन्सले उडान भर्नेछन् ।

यसैगरी, कुवेतबाट जजिरा एयरवेजले उडान गर्नेछ । साउदी अरबको रियादबाट हिमालय एयरलाइन्सले पनि नियमित उडान गर्ने जनाइएको छ । यसअघि सरकारले कतार, कुवेत र साउदी अरबमा पीसीआर जाँच सहज नभएको भन्दै नियमित उडानमा रोक लगाएको थियो ।

सोमबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको भर्चुअल छलफलमा खाडी मुलुमा रहेका नेपाली राजदूतहरूले कोरोना संक्रमणको जोखिमका कारण विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकहरूको उद्धारका लागि नियमित उडान संख्या बढाउन सुझाव दिएका थिए ।

कतार, साउदी अरब तथा कुवेतबाट मात्रै ४० हजारको हाराहारीमा नेपालीहरू स्वदेश फिर्तिको पर्खाइमा रहेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ८ : ५५ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका