सडक २ समीक्षा : छरपष्ट कथाको दिशाहीन फिल्म « Khabarhub

सडक २ समीक्षा : छरपष्ट कथाको दिशाहीन फिल्म


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा नातावादका विषयले चर्चा पायो ।

यस विषयको विवादका बिचमा महेश भट्टको फिल्म सडक २ को ट्रिजर सार्वजनिक भयो । जसले सर्वाधिक डिसलाइकको रेकर्ड बनायो । आखिर कस्तो छ यो फिल्म ?

निर्देशक : महेश भट्ट
कलाकार : संजय दत्त, आलिया भट्ट, आदित्य राय कपूर

२१ वर्र्षपछि महेश भट्टले फेरी फिल्म निर्देशन गरेका थिए । कुनै जमानामा चर्चाका निर्देशकले निर्माण गरेको फिल्मले दर्शकलाई उत्साहित बनाउनु पर्ने थियो । जब उनको सडक २ को घोषणा भयो सबैले उनको फिल्म सफल हुने अनुमान गरेका थिए ।

अझ फिल्ममा सञ्जय दत्त र आलिया भट्ट हुने भएपछि दर्शकको यसको ब्यग्र प्रतिक्षामा हुनु पथ्र्याे । तर १४ जुनको घटनाले सबै उल्टो भयो ।

सुशान्तको मृत्युपछि बलिउडमा नेपोटिज्मको विवाद चुलियो । यस विवादको पहिलो शिकार बन्यो फिल्म सडक २ । यसको ट्रिजरले डिसलाइकमा नयाँ रेकर्ड बनायो ।

सन् १९९१ मा महेश भट्टको फिल्म सडक रिलीज भएको थियो । फिल्ममा रवि (संजय दत्त) र पूजा (पूजा भट्ट) को प्रेम कहानी सबैले रुचाए ।

फिल्म निर्माणको २१ वर्षपछि बनेको फिल्म सडक २ मा रविको भुमिका उस्तै छ । यसमा पात्र परिवर्तन गरी आलियालाई आर्या र आदित्य राय कपूरलाई विशाल बनाई कथामा जोडिएको छ ।

यस पटक फिल्ममा अन्धविश्वासमा जोड दिइएको छ । फिल्मको पुरा कथा यहि मुद्दाको आसपासमा रहेको छ । फिल्ममा ज्ञान प्रकाश (मकरंद देशपांडे) एक बाबा छन् । उनले मानिसलाई भगवानसंग कुरा गर्न सक्ने बताउँछन् ।

बाबाले आर्यालाई अन्धविश्वासको आडमा आमाको मृत्युको कारण बताउछन् । तर आर्यालाई आमाको मृत्यु बाबाको कारण भएको शंका हुन्छ । यसैबिच फिल्ममा रवि द टैक्सी ड्राइवरको प्रवेश हुन्छ । आर्या कैलाश मानसरोवर जान प्रेमी विशालका साथमा रविसंग जान्छन् । यसको बिचबिचमा पूजा संगको प्रेम कहानी पनि देखाइएको छ ।

यात्राको क्रममा रवि, आर्यालाई छोरी समान प्रेम गर्दछन् । आर्या पनि रविको सल्लाह मान्दछिन् । विशाल र आर्याको फिल्ममा एक मिसन देखाइएको छ । त्यसमा रविले पनि साथ दिन्छन् ।

कहाँ चुके महेश भट्ट ?
महेश भट्टको फिल्ममा हुने गरेको भावानात्मक दृष्य उनको विषेशता हो । तर सडक २ मा महेश यस विर्षयमा चुकेका छन् । उनले फिल्ममा सस्पेन्स, भावानात्मक, द्धन्द्ध र सन्देश दिने प्रयासमा तयार पारेको मिश्रण फिल्म सफल रहन सकेन । यसको कथामा छरपष्टता भेटिन्छ ।

सञ्जय फिल्ममा आर्कषण रहेका छन् । तर आलिया पुरा फिल्ममा कमजोर मात्र छैनन् भुमिकामा समेत उनको स्थिरता कायम छैन । आदित्य फिल्ममा हुनु वा नहुनले कुनै असर पार्दैन । उनी केवल गीतका निम्ती मात्र राखिएका छन् । बाबाको भुमिका रहेका मकरंद देशपांडेले ठिकै काम गरेका छन् । समग्रमा सडक २ दिशाहीन फिल्म बनेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ४ : ५७ बजे

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउडका कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई

सोलुखुम्बुका सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

म्याग्दी– म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको

दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशत घट्यो

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत