मिडिया सोसाइटी विभाजित, भाष्करराज राजकर्णिकारको अध्यक्षतामा मिडिया एलाइन्स गठन « Khabarhub

मिडिया सोसाइटी विभाजित, भाष्करराज राजकर्णिकारको अध्यक्षतामा मिडिया एलाइन्स गठन


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निजी क्षेत्रका सञ्चार उद्यमीहरूको संस्था मिडिया सोसाइटी नेपाल विभाजित भएको छ । एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा मिडिया सोसाइटी नेपालमा पदाधिकारी रहिसकेका सञ्चार उद्यमीहरूसमेतको संलग्नतामा ‘मिडिया एलाइन्स नेपाल’ गठन भएको छ ।

मिडिया एलाइन्सको उपाध्यक्षमा राजधानी न्यूज पब्लिकेसन अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टेलिभिजनका अध्यक्ष राजु कँडेल रहेका छन् । इमेज च्यानलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाईं महासचिव र इम्प्रेसन पब्लिकेसन तथा मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल शर्मा कोषाध्यक्ष रहेका छन् ।

सदस्यहरूमा जनता प्रकाशन तथा प्रशारण लिमिटेडका डा. विजय पौडेल, प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला, एपीवान टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली रहेका छन् ।

अन्नपूर्ण नेटवर्क प्रालिका अध्यक्ष रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालिका अध्यक्ष विनोद ज्ञवाली सल्लाहकार रहेका छन् ।

एलाइन्स उपाध्यक्ष रहेका राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचन मिडिया सोसाइटी नेपालका अध्यक्ष भएका थिए । इम्प्रेसन पब्लिकेशन एण्ड मिडिया प्रालिका शर्माले सोसाइटीमा महासचिव र उपाध्यक्ष पद सह्मालिसकेका छन् । इमेज च्यानल पनि सोसाइटीमै आबद्ध थियो ।

एलाइन्सको उपाध्यक्ष रहेका कँडेल पनि सोसाइटीमा उपाध्यक्ष रहिसकेका थिए ।

एलाइन्समा उल्लिखित संस्थाहरूसहित सगरमाथा टेलिभिजन, कामना न्युन, यो हो टेलिभिजन, हिमालय टेलिभिजन, अन्नपूर्ण एफएम, विजनेश प्लस लगायत २० वटा संस्था आवद्ध रहेको जनाइएको छ ।

मिडिया सोसाइटी नेपाल सन् २००३ मा कामना न्युजका प्रमुख पुष्करलाल श्रेष्ठको अध्यक्षतामा स्थापना भएको थियो । सोसाइटीको वर्तमान कार्यसमिति अघि पनि अध्यक्ष रहेका श्रेष्ठले राजीनामा गरेर पदत्याग गरेका थिए । संस्थापक अध्यक्ष श्रेष्ठको संस्था कामना न्युज पनि एलाइन्समा सहभागी भएको छ ।

बुधबार जारी विज्ञप्तिमा मिडिया एलाइन्स, मिडियासँग आवद्ध आम नेपाली जनता, पाठक, दर्शक तथा श्रोताको यस क्षेत्रमा कार्यरत पत्रकार, कर्मचारी र कामदारको पनि संस्था भएको उल्लेख गरिएको छ ।

सञ्चार उद्यममा देखापरेका साझा समस्याको समाधानमा गर्ने उद्देश्यले संस्था गठन गरिएको बताइएको छ ।

विज्ञप्तिमा सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउँदै सञ्चार क्षेत्रका लगानीकर्ताको हकहितको संरक्षण गर्ने संस्थाको उद्देश्य रहेको उल्लेख गरिएको छ । सञ्चारसम्बन्धी नीति, ऐनकानुन निर्माणमा सञ्चार उद्यमीको हकहितको संरक्षणका साथै जनउत्तरदायी कानुन निर्माणका लागि सहयोग तथा पहल गर्ने र सञ्चार क्षेत्रलाई मर्यादित, व्यवस्थित र जनउत्तरदायी हुने कानून तथा नीति निर्माणमा पहल गर्ने भएको छ ।

यसै गरी, सञ्चार माध्यमहरूलाई आत्मनिर्भर बनाई लगानीको संरक्षण गर्ने तथा यस क्षेत्रमा हुने अपारदर्शी र कुल विज्ञापन बजारले धान्नेभन्दा बढी संख्यामा सञ्चार माध्यम खोल्ने प्रवृत्ति निरुत्साहित गर्न र अपारदर्शी लगानी रोकी पारदर्शी बनाउनेतर्फ पहल गर्ने लगायत ३० वटा उद्देश्यहरू उल्लेख गरिएका छन् ।

मिडिया सोसाइटी नेपालमा एबिसी टेलिभिजनका प्रमुख शुभशंकर कँडेल अध्यक्ष रहेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ३ : ०७ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि