नक्कली नोटसहित २ जना पक्राउ « Khabarhub

नक्कली नोटसहित २ जना पक्राउ


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बारा- नक्कली नोटसहित बारामा २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले १२ लाख १६ हजार रुपैयाँ नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बारागढी गाउँपालिका–५ सिघासनी बस्ने २३ वर्षिय बलिराम चौधरी भारत बिहार मोतिहारी जिल्ला झरौखर बस्ने २७ वर्षका सन्दीप कुमार पक्राउ परेका हुन् ।

सिम्रौनगढ नगरपालिका वडा नं.९ बसवरिया नहरमा चोरीका मोबाइल खरिद बिक्री भएको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरेको बाराका प्रहरी प्रमुख कृष्ण पंगेनीले बताए ।

बा.६४ प ९७०६ नम्बरको मोटरसाइकलमा आएका उनीहरुको शरीर खानतलासी गर्दा सन्दीपले बोकेको पहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा नक्कली नोट लुकाएको पाइएको थियो एसपी पंगेनीले भने ।

चेकजाँचका क्रममा १ हजार दरको नक्कली नोट थान १ हजार २ सय १६ थान फेला परेको छ ।

उनीहरुले बरामद गरिएको नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको बताएका छन् । मोबाइल खरिद गर्ने व्यक्तिले नोट दिई ३० थान मोबाइल लिई फरार भएको पक्राउ परेकाहरूको दावी छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर थप अनुसन्धान र कारबाही शुरु गरिएको प्रहरीले जनाएको छ । मोबाइल लिई भागेका भनिएका व्यक्तिको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ९ : ४४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु